भर्खरै

पेट्रोलियम व्यवसायीलाई अग्नि नियन्त्रण अभिमुखीकरण

  • प्रकाशित मिति : मंगल, साउन १६, २०८०
  • - रासस
title

लुम्बिनी, १६ साउन । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसन बुटवल रुपन्देहीले पेट्रोलपम्पमा हुनसक्ने आगलागी र यसको नियन्त्रणका उपायका बारेमा व्यवसायीलाई अभिमुखीकरण गरेको छ ।
 
एसोसिएसनले नेपाल आयल निगम लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालय भलवारीको सहजीकरणमा व्यवसायीलाई आगलागी हुन नदिने र आगलागी भएमा अग्नि नियन्त्रण गर्ने उपकरणको प्रयोग र अपनाउनुपर्ने सुरक्षा सतर्कताका विषयमा अभिमुखीकरण गरेको हो । 
 
पेट्रोलियम पदार्थ अति नै संवेदनशील र अत्यधिक प्रज्वलनशील पदार्थ भएकाले व्यवसायीलाई अग्नि सुरक्षा तथा आकस्मिक प्रतिक्रिया योजनासम्बन्धी अभिमुखीकरण गरिएको एसोसिएसनका अध्यक्ष हिमाल गैरेले बताउनुभयो । सबै पेट्रोलपम्पमा अग्नि नियन्त्रण गर्ने उपकरणको व्यवस्था भए पनि उपकरण प्रयोग गर्न नजान्दा हुने क्षति नियन्त्रण तथा उपकरण प्रयोग गर्ने विधिका विषयमा निगमका प्राविधिकबाट प्रयोगात्मक सहजीकरण गरिएको अध्यक्ष गैरेले जानकारी दिनुभयो ।
 
कार्यक्रममा नेपाल आयल निगमका प्रादेशिक प्रमुख जगदीशचन्द्र यादवले यस्ता कार्यक्रमले पेट्रोलपम्पमा आगलागी हुन नदिन अपनाउनुपर्ने सुरक्षा सतर्कता र आगलागी भइहालेमा अग्नि नियन्त्रणमा सहयोग पुग्ने बताउनुभयो ।

प्रतिक्रिया