भर्खरै

पेट्रोलियम व्यवसायीलाई अग्नि नियन्त्रण अभिमुखीकरण

  • प्रकाशित मिति : मंगल, साउन १६, २०८०
  • - रासस
title
लुम्बिनी, १६ साउन । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसन बुटवल रुपन्देहीले पेट्रोलपम्पमा हुनसक्ने आगलागी र यसको नियन्त्रणका उपायका बारेमा व्यवसायीलाई अभिमुखीकरण गरेको छ ।
 
एसोसिएसनले नेपाल आयल निगम लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालय भलवारीको सहजीकरणमा व्यवसायीलाई आगलागी हुन नदिने र आगलागी भएमा अग्नि नियन्त्रण गर्ने उपकरणको प्रयोग र अपनाउनुपर्ने सुरक्षा सतर्कताका विषयमा अभिमुखीकरण गरेको हो । 
 
पेट्रोलियम पदार्थ अति नै संवेदनशील र अत्यधिक प्रज्वलनशील पदार्थ भएकाले व्यवसायीलाई अग्नि सुरक्षा तथा आकस्मिक प्रतिक्रिया योजनासम्बन्धी अभिमुखीकरण गरिएको एसोसिएसनका अध्यक्ष हिमाल गैरेले बताउनुभयो । सबै पेट्रोलपम्पमा अग्नि नियन्त्रण गर्ने उपकरणको व्यवस्था भए पनि उपकरण प्रयोग गर्न नजान्दा हुने क्षति नियन्त्रण तथा उपकरण प्रयोग गर्ने विधिका विषयमा निगमका प्राविधिकबाट प्रयोगात्मक सहजीकरण गरिएको अध्यक्ष गैरेले जानकारी दिनुभयो ।
 
कार्यक्रममा नेपाल आयल निगमका प्रादेशिक प्रमुख जगदीशचन्द्र यादवले यस्ता कार्यक्रमले पेट्रोलपम्पमा आगलागी हुन नदिन अपनाउनुपर्ने सुरक्षा सतर्कता र आगलागी भइहालेमा अग्नि नियन्त्रणमा सहयोग पुग्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago