भर्खरै

सि.जी. इलेक्ट्रिकको ब्रान्ड एम्बेसडरमा अभिनेत्री सुरक्षा पन्त

  • प्रकाशित मिति : बुध, साउन ३, २०८०
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, ३ साउन । चौधरी ग्रुप अन्तर्गत अन्तर्गतको सहायक कम्पनी र विद्युतीय उपकरणमा अग्रणी कम्पनी इ.ओ.एल.प्रा.लि.ले चर्चित अभिनेत्री, सिभिल इञ्जिनियर तथा मोडल सुरक्षा पन्तलाई सि.जी. इलेक्ट्रिकको ब्रान्ड एम्बेसडरमा नियुक्त गरिएको छ ।
 
नवीनता र गुणस्तरप्रति प्रतिबद्धताका लागि परिचित सि.जी. इलेक्ट्रिकले सुरक्षा पन्तलाई आफ्नो ब्रान्डको प्रतिनिधित्व गर्न रोजेको छ । सुरक्षाको आकर्षण, बहुमुखी प्रतिभा र प्रभावशाली व्यक्तित्वले उपभोक्ताहरूलाई अत्याधुनिक सामानहरू उपलब्ध गराउन र सहज सेवा प्रदान गर्न सि.जी. इलेक्ट्रिकको दृष्टिकोणसँग पूर्ण रूपमा मिल्दोजुल्दो छ ।
 
सुरक्षा पन्त तीन प्रमुख खण्डहरूमा सि.जी. इलेक्ट्रिकको अनुहार हुनेछन् चिम्नी, सोलार हिटर र इलेक्ट्रिक उपकरणहरू । सि.जी. इलेक्ट्रिकसँगको उनको सहकार्यले ब्रान्डको विशेषज्ञता र सम्बन्धित कोटीहरूमा असाधारण उत्पादनहरू उपलब्ध गराउने प्रतिबद्धतालाई प्रदर्शन गर्नेछ ।
 
सि.जी. का उपाध्यक्ष साबूले भने, “हामी सुरक्षा जीसँग हाम्रो ब्रान्ड एम्बेसडरको रूपमा आबद्ध हुन पाउँदा खुसी छौं । हामी विश्वस्त छौं कि हाम्रो ब्रान्डसँगको उनको सहकार्यले हाम्रो ब्रान्डलाई अर्को स्तरमा पुर्याउने उहाँको भनाई रहेको थियो ।
 
सुरक्षा पन्तले साझेदारीको बारेमा आफ्नो उत्साह व्यक्त गर्दै चिम्नी, सोलार र इलेक्ट्रिक उत्पादनको प्रतिनिधित्व गर्न पाउँदा म उत्साहित भएको बताउनु भयो । सि.जी. इलेक्ट्रिकले नवीन र उच्च गुणस्तर सामग्री उत्पादनहरू गर्दै आएको क्षेत्रहरूमा सि.जी. इलेक्ट्रिकको यात्राको हिस्सा हुन पाउँदा खुसी छु ।” उहाँले भन्नुभयो ।
 
सुरक्षा पन्त र सि.जी. इलेक्ट्रिक बीचको सहकार्यले ग्राहकहरूलाई उत्प्रेरित गर्न र विद्युतीय उपकरण र नवीकरणीय ऊर्जा क्षेत्रमा बजारमा ब्रान्डको स्थिति बलियो बनाउन साथै असाधारण उत्पादनहरू प्रदान गरेर दिगो प्रभाव सिर्जना गर्ने लक्ष्य राख्दै उपभोक्ताहरूको जीवनलाई सहज बनाउँदछ ।
 
यस साझेदारीको अनुरुप, पन्तले प्रिन्ट र डिजिटल अभियानहरू, सामाजिक सञ्जाल पहलहरू र सार्वजनिक उपस्थितिहरूमा फैलिएको विभिन्न प्रचारात्मक गतिविधिहरूमा संलग्न हुने जनाएको छ ।

प्रतिक्रिया