भर्खरै

गण्डकी गाउँपालिकाको आ.ब. २०७९/०८०को वित्तिय प्रगति ७८.२ प्रतिशत

  • प्रकाशित मिति : सोम, असार २५, २०८०
  • - भीमलाल श्रेष्ठ
title

गोरखा २५, असार । गण्डकी गाउँपालिका गोरखाको आर्थिक वर्ष २०७९/२०८० को वित्तिय प्रगति ७८.२ प्रतिशत रहेको छ । 
 
आर्थिक वर्ष २०७९/०८० मा गाउँपालिकाको कुल बजेट रु ६६,८९,८३,७५४.७० रहेको मा कुल बजेटको ७८.२ प्रतिशत वित्तिय प्रगति हासिल भएको गाउँपालिकाले आज एक सूचना जारी गर्दै जानकारी दिएको छ ।
 
कुल बजेट मध्य निकासाका लागि प्राप्त सम्पूर्ण आयोजना/योजना/कार्यक्रम तथा चालूतर्फको प्रशासनिक खर्च समेतका शीर्षकहरूमा रीतपूर्वक भुक्तानीका लागि पेश हुन आएका कागजात बिलहरूको भुक्तानी गर्दा चालुतर्फ रु ३७,६२,१६४३१.४० (८१.४५ प्रतिशत) र पूँजीगततर्फ रु १७,६९,४४,२४२.९३ (७३.११ प्रतिशत) गरी कुल रु ५५,३१, ६०,६७४.३३ (कुल बजेटको ७८.२ प्रतिशत) वित्तिय प्रगति हासिल भएको गाउँपालिकाले जनाएको छ । 

प्रतिक्रिया