भर्खरै

प्रशिक्षण तथा एरिया समिति विस्तार कार्यक्रम सम्पन्न

  • प्रकाशित मिति : बिही, असार १४, २०८०
  • - भीमलाल श्रेष्ठ
title

काठमाडौं, असार । काठमाडौं विद्युतीय व्यवसायी संघले गोङ्गबु एरिया समिति विस्तार एवं मोटिभेसनल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
 
हाल आर्थिक मन्दीलाई मध्यनजर गर्दै यस समयमा कसरी आफ्नो व्यापार व्यवसायमा अगाडि बढ्ने र मन्दीबाट कसरी फाइदा उठाउन सकिन्छ भन्ने विषयमा उजागर गर्ने उद्देश्यले गत शनिबार प्रशिक्षक मान्सी अग्रवालबाट मोटिभेसनल प्रशिक्षण कार्यक्रम स्काई रेष्ट्रो एण्ड ब्याङ्क्वेट सामाखुसीमा कार्यक्रम सम्पन्न गरेको हो । 
 
 
मोटिभेसनल प्रशिक्षणका क्रममा प्रशिक्षक मान्सी अग्रवालबाट व्यवसायीहरूलाई आर्थिक मन्दीका कारण अहिले व्यवसायमा देखा परेका समस्याहरूसँग कसरी आफ्नो दैनिकीलाई सकारात्मक बनाउने विषयमा आफ्नो भनाई राख्नुभएको थियो ।
 
हाल बजारमा देखिएको मन्दि प्रति व्यङ्ग्यात्मक तवरले मन्दीको प्रभाव हामी बाट नै बोलीचालीको कारण झन ग्रसित हुन पुगेकोले सजग रही व्यवसायको इमान्दारिता कायम गराउँदै अगाडि बढ्न सुझाव दिनुभएको थियो । जहाँ समस्याहरू आउँछ त्यहाँ नयाँ कुराहरूको ज्ञान प्राप्त गर्ने अवसरका ढोकाहरू खुलिरहने  समेत बताउनुभयो । समस्यामा पनि सकारात्मक सोच्न  आफ्नो हिम्मत बढाउन व्यवसायीलाई उहाँको आग्रह थियो ।
 
 
कार्यक्रममा प्रमुख अतिथि नेपाल विद्युतीय व्यवसायी महासङ्घका अध्यक्ष रेशम प्रसाद देवकोटाले महासङ्घको नेतृत्वमा हालको अर्थतन्त्र र व्यवसायीको समस्याको समाधान गर्न कार्य समिति मार्फत कार्यविधि तयार पार्ने, महासङ्घको भवनका लागि देशभरका व्यवसायीहरू बाट उत्साहका साथ करिब १ करोड १० लाख प्रतिबद्धता आएकोमा ५० प्रतिशत आएको र ५० प्रतिशत आउने क्रममा रहेको अध्यक्ष देवकोटाले बताउनुभयो ।
 
त्यसैगरी  काठमाडौं विद्युतीय व्यवसायी सङ्घबाट सापटी स्वरुप १५ लाख आर्थिक व्यवस्थापनमा सहयोग गरेको , प्रति व्यवसायीहरू बाट रु १ हजारका दरले उठाएर आकस्मिक कोष खडा गर्ने , सन्दर्भ भन्सार मूल्यांकन लाई समय सापेक्ष परिमार्जित गराउने, महासङ्घको एप सार्वजानिक गरि संघ महासङ्घको गतिविधिलाई समय सापेक्ष डिजिटल युगमा  प्रवेश गराई आवश्यक व्यवसायीक ज्ञान र सूचनाहरूको जानकारी दिने र विद्युत  व्यवसायीहरूलाई महासङ्घको भवन निर्माण सम्पन्न गर्न आफूहरूले सकेको आर्थिक सहयोग गरी पुण्यकार्यमा सहयोग गर्न समेत अपिल गर्नुभएको थियो ।  
 
 
कार्यक्रममा आफ्नो भनाई राख्दै गोङ्गबु एरिया समितिका  संयोजक कृष्णमान श्रेष्ठले यस कार्यक्रममा व्यवसायी तथा सदस्यहरूको उपस्थितिले समितिलाई हौसला प्रदान गरेको भन्दै आगामी दिनमा समितिले यस क्षेत्रमा रहेको विद्युतीय व्यवसायीको लागि अझ उपलब्धि मूलक नयाँ कार्यक्रम ल्याउने बताउनुभयो ।
उहाँले गोङ्गबु एरियामा पर्ने सम्पूर्ण विद्युतीय व्यवसायीहरूका भाइचाराको सम्बन्ध राख्न पहलकदमी रहने बताउनुभयो । 
 
 
शनिवार नै संघको गोङ्गबु एरिया समिति बिस्तार भएको छ । संघको १३ वार्षिक साधारण सभा एवं ७ औं आधिवेशनले गोङ्गबु एरिया कमिटीको संयोजकमा कृष्णमान श्रेष्ठलाई तोकिएको थियो भने शनिवार भएको कार्यक्रमले ४ सदस्यीय थप गरी  ५ सदस्यीय गोङ्गबु एरिया समिति चयन गरिएको  छ । बसुन्धारा क्षेत्र बाट गोकुल तिमल्सिना सामाखुसी एरियाबाट  मंगलमान  मर्हजन, शेषमति पैयुँटार क्षेत्र बाट विष्णु श्रेष्ठ  र टोखा एरिया बाट मनोज रिमाल चयन गरिएको छ ।
 
कार्यक्रमका  डायमन्ड स्पोन्सर बबिता ट्रेडर्सले जोरपाटी ,गोल्ड स्पोन्सर एनजी इलेक्ट्रिकल्स शाखा कार्यालय भोटेबहाल, गोल्ड स्पोन्सर मोर्डन लाईटिङ्ग एण्ड सेन्सर टेक्नोलोजी सितापाईला, सिल्भर स्पोन्सर युएन इन्टरनेसनल  प्रालि  भोटेबहालले प्रमुख प्रायोजन गरेको थियो । त्यस्तै ब्यानर प्रायोजकहरूमा क्षमादेवी लाइटहाउस गठ्ठाघर भक्तपुर , प्रिमियर ओभरसिज प्रालि थापाथली , प्रकाश केबल इन्डस्ट्रिज प्रा।लि। लगायत २६ वटा कम्पनीहरूले प्रायोजन गरेका थिए  । 
कार्यक्रम सञ्चालन संघका सचिव श्रीलाल श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रममा करिब सय भन्दा बढिको उपस्थिति रहेको थियो ।
 
 
 

प्रतिक्रिया