भर्खरै

औद्योगिक प्रदर्शनीस्थल प्रयोगबिहीन

  • प्रकाशित मिति : बिही, जेठ ११, २०८०
  • - विद्युत संसार
title

चितवन, ११ जेठ । उद्योग सङ्घ चितवनको अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्र परिसरमा प्रदेश सरकारले निर्माण गरेको औद्योगिक प्रदर्शनीस्थल प्रयोगबिहीन अवस्थामा रहेको छ । विसं २०७७ मा निर्माण सुरु भएको सो प्रदर्शनीस्थल छ महिना अघि निर्माण सम्पन्न भएको हो । तर त्यसयता प्रयोगबिहीन अवस्थमा छ ।
 
बागमती प्रदेश सरकारको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले रु एक करोड ८० लाखको लागतमा निर्माण गरेको सो प्रदर्शनीस्थल हस्तान्तरण कसलाई गर्ने भन्ने निर्णय नभएकाले अलपत्र परेको हो । निर्देशनालयका निर्देशक गोविन्द सिग्देलका अनुसार भवन निर्माणको समयमा संरचना निर्माण सम्पन्न भएसँगै उद्योग सङ्घलाई हस्तान्तरण गर्ने निर्णय भएको थियो । उहाँले भन्नुभयो, “सङ्घीय सरकारले सो जग्गा २९ वर्षका लागि उद्योग सङ्घलाई भाडामा दिएको हुँदा त्यो निर्णय भएको हो । तर मन्त्रीस्तरको निर्णयले त्यो सम्झौता बदर भएको छ ।”
 
तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठको कार्यकालमा निर्माण सम्पन्न भएको सो संरचना उद्योग सङ्घलाई हस्तान्तरण गर्ने निर्णय बदर भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मन्त्रीस्तरको निर्णयका कारण कसलाई संरचना हस्तान्तरण गर्ने भन्ने अनिर्णय बनेको छ । अब मन्त्री पाएका छौँ केही निर्णय हुन्छ ।” 
 
प्रदेश सरकारले प्रदेशभित्रका लघु तथा साना उद्योगको उत्पादित सामग्रीलाई बजारीकरण गर्ने उद्देश्यले स्थापना गरेको यस बिक्रीकक्ष तथा स्थायी प्रदर्शनी केन्द्र अहिले संरक्षण र व्यवसायीको पर्खाइमा रहेको छ । यस भवनमा वर्षभरि नै व्यवसाय प्रवर्द्धन गर्न सकिने भए पनि सञ्चालनमा नआउँदा लघु तथा साना उद्योगीले लाभ लिन पाएका छैनन् ।  

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 19 hours ago