भर्खरै

संघद्धारा मोटिभेसनल कार्यक्रम आयोजना

  • प्रकाशित मिति : बिही, बैशाख २८, २०८०
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं २८ वैशाख । काठमाडौं विद्युतीय व्यवसायी संघले मोटिभेसनल प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । संघले आउँदो शनिवार विश्व रेकर्ड राख्न उत्प्रेरक वक्ता डा.अनन्तराम केसीको उपस्थितिमा ज्योती ब्यान्क्वेट एण्ड इभेन्ट म्यानेजमेन्ट, बौद्धमा आयोजना गरेको हो ।
 
संघले हालको आर्थिक मन्दीलाई मध्यनजर गर्दै यस समयमा आफ्नो व्यवसायलाई कसरी अगाडी बढाउने र मन्दीबाट कसरी फाईदा उठाउन सकिन्छ भन्ने उद्धेश्यले सो कार्यक्रम आयोजना गरेको संघले जनाएको छ । 
 
शनिवार नै संघले चावहिल एरिया समिति बिस्तार कार्यक्रम पनि आयोजना गरेको छ । शनिवार विहान ११ः३० बजेबाट सुरु हुने कार्यक्रममा संघले आफ्ना सदस्यहरुलाई उपस्थितिको लागि एक सूचना जारी गर्दै जानकारी गराएको छ । 
 
 हेर्नुहोस् संघद्धारा प्रकाशित सूचना
 

प्रतिक्रिया