भर्खरै

मोरङ्ग इलेक्ट्रिक संघको १३औं स्थापना दिवस

  • प्रकाशित मिति : बिही, बैशाख २१, २०८०
  • - विद्युत संसार साप्ताहिक
title

काठमाडौं, बैशाख । विद्युतीय व्यवसायीहरुको हकहितको लागि २०६७ सालमा स्थापना भएको मोरङ्ग इलेक्ट्रिक संघले आज एक कार्यक्रमका बीच आफ्नो १३ औं वार्षिकोत्सव मनाएको छ । 
व्यावसायिक हकहितका साथै  सामाजिक गतिविधिहरुमा सक्रिय रहेको यस संघले एक कार्यक्रम आयोजना गरी १३ औं स्थापना दिवस मनाएको हो । 
 
 
 
संघले स्थापना दिवसको अवसरमा मोरङ्गको लखनतारी स्थित श्री बेगनलाल निम्न माध्यमिक विद्यालयमा संघद्धारा हाउस वायरिङ्गको काम सकेर स्कूललाई पंखा एवम् विद्यार्थीहरुलाई खाजा वितरण समेत गरेको संघका कार्यवाहक अध्यक्ष राजेश अग्रवालले बताउनुभयो ।
 
संघद्वारा आयोजित विशेष समारोहका अध्यक्षता प्रमुख अतिथि संघका संस्थापक अध्यक्ष गिरधारी नागोरी र अतिथि संघका पूर्व अध्यक्ष एवम् नेपाल विद्युतीय व्यवसायी महासंघका महासचिव गोपाल अग्रवाल र सल्लाहकार  घनश्याम राठी रहेको थियो ।
 
 
संघले सामाजिक कार्यहरु गर्ने क्रममा रक्तदान, वृद्धाश्रममा भोजन, न्यानो कपड़ा वितरण, स्टेशनरीका सामग्रीहरु वितरण तथा विद्यार्थीहरुलाई खाजा वितरण समेत गर्दै आइरहेको संघका महासचिव विजय जयसवालले जानकारी दिनुभयो ।

प्रतिक्रिया