भर्खरै

संघद्धारा बृहत रक्तदान कार्यक्रम आयोजना

  • प्रकाशित मिति : बुध, बैशाख १३, २०८०
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं १३ बैशाख । नेपाल इलेक्ट्रिसियन संघ काठमाडौं द्धारा बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।
 
विश्व मजदुर दिवसको दिन पारेर संघले रक्तदान आयोजना गर्न लागेको हो । 
 
अघिल्लो वर्षहरुमा पनि रक्तदान कार्यक्रम आयोजना गर्दै आएको संघले यो पटक इगल मेनपावार कन्सल्टेन्टको सहकार्यमा बैशाख १८ गते सोमबार विजी मलमा रक्तदान आयोजना गर्न लागेको संघका अध्यक्ष प्रकाश कुमार दाहालले बताउनु भएको छ । 
 
संघले ईलेक्ट्रिसियन पेसालाई मर्यदित बनाउन यस्ता सामाजिक कार्यक्रमहरु आयोजना गर्दै आएको छ । २०६४ सालमा स्थापना भएको संघले ईलेक्ट्रिसियनहरुको हक हितमा आवाज उठाउदैँ आएको छ । 
 
हाल संघमा एक हजार तीन सय भन्दा बढी ईलेक्ट्रिसियनहरुले सदस्यता लिएका छन् । 

प्रतिक्रिया