भर्खरै

सुपरमाई हाइड्रोको आईपीओ बाँडफाँड सम्पन्न

  • प्रकाशित मिति : शुक्र, फागुन ५, २०७९
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं ५ फागुन । सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड शुक्रबार सम्पन्न भएको छ । 
 
मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । गोलाप्रथाद्वारा बाँडफाँड गर्दा कुल ४१ हजार ५ सय जना जना लगानीकर्ताहरूले १० कित्ता सेयर प्राप्त गरेका छन् । 
 
कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १३ लाख २२ हजार ४ सय ९२ जना लगानीकर्ताहरूले १ करोड ४३ लाख २७ हजार ९ सय २० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये ४ हजार १ सय ७२ जनाको आवेदन रद्ध भएको थियो । बाँकी रहेका १३ लाख १८ हजार ३ सय २० जना आवेदकलाई बाँडफाँडमा समावेश गराइएको थियो । 
 
 
कम्पनीले आफ्नो जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्तामध्ये १० प्रतिशत अर्थात ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुलाई, २५ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरी २ प्रतिशत अर्थात १० हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहने ४ लाख १५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो । 

प्रतिक्रिया