भर्खरै

जानभी ग्रुपद्धारा डिलरमिट कार्यक्रम सम्पन्न

  • प्रकाशित मिति : बुध, फागुन ३, २०७९
  • - भीमलाल श्रेष्ठ
title
काठमाडौं ३ फागुन ।   जानभी ग्रुपद्धारा ह्यावलस ब्राण्डका फ्यानहरुको डिलरमिट कार्यक्रम सम्पन्न भएको छ । काठमाण्डौंको सुन्दर नगरी चन्द्रागिरी हिल्स रिर्सोट चन्द्रागिरीमा आइतबार कार्यक्रम सम्पन्न भएको हो ।
 
जानभी ग्रुप नेपालको विद्युतीय बजारमा विगत २५ वर्ष देखि गुणस्तरीय सामग्रीहरुको आयात गरी नेपालका अधिकांश स्थानहरुमा सहज र सुलभ तरिकाले बजारीकरण गर्दै आएको चिरपरिचित कम्पनी हो  । कम्पनीले उपभोक्ताहरुको चाहना र मागलाई मध्यनजर गर्दै सोहि अनुरुप विद्युतीय सामग्रीहरु बिक्री वितरण गर्दै आइरहेको छ । कम्पनीबाट बिक्री वितरण भएका लिड बल्ब, प्यानल लाइट,मोडलुर स्वीच,एफआएलएस स्वीच तथा अन्य विविध सामग्रीहरुको गुणस्तरीय सामग्री उपलब्ध गराउँदै आएको जानभी ग्रुपका अध्यक्ष दिलिप अग्रवालले बताउनु भयो ।
 
नेपालका विद्युतीय सामग्रीहरुको बजारमा सबैभन्दा पहिलो पटक आगो नलाग्ने एमजी गोल्ड स्वीच आयात गरी उपभोक्ताहरुलाई सुरक्षित महशुस गराएको बताउँदै उक्त स्वीचले बजारमा हालसम्म पनि सर्वत्र चर्चा पाईरहेको उहाँको भनाई छ । कम्पनीको गुणस्तरीय प्रोडक्टका कारण बजारमा  अनुसरण गरी बजारमा धेरै कम्पनीहरुले त्यस्तै प्रकारका स्वीच आयात गरिरहेको बताउनुभयो । जानभी ग्रुपद्वारा  आयातित सम्पूर्ण सामानहरुले पूर्व मेची देखि पश्चिम महाकाली सम्म चर्चा एवं परिचर्चा बटुली रहँदा आगामी दिनहरुमा अझै निखारता र परिपक्कता हुने समेत अध्यक्ष अग्रवालले बताउनुभयो । 
 
जानभी ग्रुपबाट प्लास्टो गोल्डका लिड बल्ब र ग्रेट ह्वाइटका  मोडुलर स्वीच प्यानल लाईटहरु ४ वटा ब्राण्डहरु बिक्री वितरण हुँदै आईरहेको भएतापनि यहाँहरुको मागलाई मध्यनजर गर्दै Havels India Ltd. द्वारा उत्पादित Havels Brand का २०–२५ मोडेलका  पंखाहरु सहित हाल बजारमा जानभी ग्रुपले ५ वटा व्राण्ड लिएर आएको जानभी ग्रुपका अध्यक्ष  अग्रवाल बताउनु भयो । यो एउटा बहुराष्ट्रिय कम्पनी भएकोले यसका सामग्रीहरुले भारत लगायत विश्वका ६० देशभन्दा बढि देशहरुमा हेवल्सका विभिन्न मोडेलका फ्यानहरु बिक्री वितरण हुँदै आएको छ । 
 
  अन्तर्राष्ट्रिय मुलुकहरुमा समेत  अब्वल प्रभुत्व जमाईसकेको कारण अबका दिनहरुबाट सहि एवं उचित मूल्यमा Havels का पंखाहरु प्राप्त गर्ने कुरामा  कुनै दुईमत नभएको कम्पनीले जनाएको छ।  कम विद्युत खपतमै उत्कृष्टता दिने भएकोले पनि हाम्रो नेपाली बजारमा यसको उपयुक्तता र लोकप्रियता अझै बढने कुरामा कुनै शंका गर्ने ठाउँ छैन । स्वच्छ एवं प्राकृतिक हावाका साथमा आरामदायी जीवनयापन गर्नका निम्ति पनि उपभोक्ताहरुले Havels Brand का पंखा निर्धक्क संग प्रयोग गर्न सकिने अध्यक्ष अग्रवालले कार्यक्रममा बताउनु भयो । 
 
उक्त डिलरमिट कार्यक्रममा गत बर्षको सेल्सको आधारमा नेपालभरका व्यवसायीहरु मध्ये बाट १० जना उत्कृष्ट व्यवसायीहरुलाई  सम्मान, जानभी ग्रुपबाट बिक्री गरिएको सामानहरुमा एवं ह्वाल्सका फ्यानहरुमा आर्कषक स्किमहरु सार्वजानिक गर्नुभएको थियो भने उपस्थिती रहेका व्यवसायीहरुलाई आकर्षक उपहारको साथै मनोरञजन समेत प्रदान गरिएको थियो ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago