भर्खरै

महासंघको अध्यक्षमा देवकोटा सर्वसम्मत, कोषाध्यक्षमा पाण्डेय १३ मतले विजयी

  • प्रकाशित मिति : आइत, माघ २९, २०७९
  • - Admin
title

काठमाडौं २९ माघ । नेपाल विद्युतीय व्यवसायी महासंघको अध्यक्षमा रेशम प्रसाद देवकोटा सर्वसम्मत हुनुभएको छ । हिजो शनिबार काठमाडौंमा भएको महासंघको १३औं वार्षिक साधारण सभा एवमं ५ औं महाधिवेशले नयाँ कार्यसमिति पाएको हो । 
 
महासंघले नयाँ नेतृत्व सर्वसम्मत बनाउने प्रयास असफल भएपछि केही पदमा निर्वाचन भएको थियो ।  अध्यक्षमा देवकोटा सहित प्रथम उपाध्यक्षमा प्रेम बहादुर जिसी, एशोसिएट तर्फ द्धितिय उपाध्यक्षमा कोमल पोखरेल, तृतिय उपाध्यक्षमा लेखनाथ सापकोटा, महासचिवमा गोपाल अग्रवाल, सचिवमा विनोद लुईटेल सर्वसम्मत निर्वाचित हुनुभएको हो ।
 
कोषाध्यक्षमा पदमा शंकर देवकोटा र प्रकाशचन्द्र पाण्डेय बीच निर्वाचन भएको थियो । निर्वाचनमा पाण्डेय १३ मतान्तरले प्रकाशचन्द्र पाण्डेय विजयी हुनुभएको छ । कोषाध्यक्ष पदका लागि जम्मा ३१० मत खसेकोमा  देवकोटाले १४८ मत प्राप्त गर्नुभएको थियो भने पाण्डेयले १६१ मत प्राप्त गर्नुभएको थियो र एक मत बदर भएको महासंघले जनाएको छ । 
यस्तै सह–कोषाध्यक्षमा महेन्द्र कुमार श्रेष्ठ २३ मतले विजयी हुनुभएको छ । उहाँको प्रतिस्पर्धी शशिधर जैशी लामिछाने १४२ मत प्राप्त गर्दा श्रेष्ठ १६५ मत प्राप्त गर्नुभएको थियो भने ३ मत बदर भएको थियो । 
 
त्यस्तै कार्यसमिति सदस्यमा भएको निर्वाचनमा क्रमशः शंकर प्रसाद पोखरेल २३९, केशव ढकाल २३९, राजेश गौतम २२६, शिवराज रिजाल २०० र चन्द्रकान्त जैसी शर्मा १८८ मत सहित विजयी हुनुभएको हो भने मुक्तिनाथ सापकोटा १५६ र पोष्टमान श्रेष्ठ ७७ मत प्राप्त गर्दै पराजित हुनुभएको हो । सदस्य पदका लागि खसेको जम्मा मत २८२ मा २६५ मत सदर भएको थियो भने १७ मत बदर भएको थियो । 
 
प्रदेश कार्यसमिति सदस्यहरुमा प्रदेश १ बाट नवीन कुमार अग्रवाल र चन्द्रमणी देवकोटा गरी दुई जनाको उम्मेद्वारी परेको थियो । जम्मा ३६ मत मध्ये देवकोटाले २६ मत प्राप्त गरी विजयी हुुनुभएको छ  भने उहाँको प्रतिस्पर्धी अग्रवालले जम्मा १० मत प्राप्त गर्नुभयो ।
 
 मधेश प्रदेशबाट मनोज कुमार अग्रवाल, बागमती प्रदेशबाट सरोज कुमार रेग्मी, गण्डकी प्रदेशबाट राजु भण्डारी, लुम्बिनी प्रदेशबाट लोकनाथ पोखरेल र सुदुरपश्चिम प्रदेशबाट विष्णुराज भट्ठ सर्वसम्मत निर्वाचित हुनुभएको महासंघ ले सार्वजानीक गरिएको विज्ञप्तीमा जनाएको छ । 

प्रतिक्रिया