भर्खरै

सुपर मादी हाइड्रोपावरको आईपीओ बाँडफाँट, एक लाख ७४ हजार जनाले पाए १० कित्ता

  • प्रकाशित मिति : सोम, माघ २३, २०७९
  • - विद्युत संसार
title
काठमाडौं, २३ माघ । सुपर मादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारण लगानीकर्ताको लागि जारी गरेको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आज सोमबार बाँडफाँट भएको छ । 
 
कम्पनीले जारी पुँजी दुई अर्ब १० करोड रुपैयाँको १५ प्रतिशतले हुन आउने ३१ करोड ५० लाख रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये जारी पुँजीको ५ प्रतिशतले हुने १० करोड ५० लाख रुपैयाँ बराबरको १० लाख ५० हजार कित्ता सेयर आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि जारी गरिसकेको छ ।
 
यस्तै सर्वसाधारणलाई छुट्याएको जारी पुँजीको १० प्रतिशतले हुन आउने २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ताको १० प्रतिशतले हुने २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ ।
 
त्यसैगरी कम्पनीले एक लाख पाँच हजार कित्ता सामूहिक लगानी कोषहरुलाई र ४२ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएको छ । बाँकी रहेको १७ लाख ४३ हजार कित्ता सेयरका लागि माघ ९ गतेदेखि १२ गतेसम्म प्रतिशेयर १०० अंकित मूल्यमा सर्वसाधारणबाट आवेदन माग गरेको थियो ।
 
उक्त आईपीओमा कुल १३ लाख ४ हजार २ सय ८ जना आवेदकबाट कुल एक करोड ४५ लाख २७ हजार ६ सय ३० कित्ताको लागि आवेदन परेको थियो । जसमध्ये पाँच हजार ५ सय १५ जनाको आवेदन रद्द भएको छ ।
 
मागभन्दा बढीको आवेदन परेकोले योग्य रहेका १२ लाख ९८ हजार ६९३ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँट गरिएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । यसरी गोलाप्रथाबाट आईपीओ बाँडफाँट गर्दा एक लाख ७४ हजार ३०० जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको थियो ।
 
कम्पनीले कास्कीको मादी गाउँपालिकाबाट बग्ने मादी नदीमा ४४ मेगावाटको सुपर मादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago