भर्खरै

महासंघमा ३६३ जना ले मतदान गर्न पाउने कुन प्रदेश बाट कति जना ले मतदान गर्न पाउने ?

  • प्रकाशित मिति : आइत, माघ २२, २०७९
  • - भीमलाल श्रेष्ठ
title

 
काठमाडौं २२ माघ । नेपाल विद्युतीय व्यवसायी महासंघको १३ औं वार्षिक साधारण सभा एवम पाँचौ महाधिवेशनको लागि देशभरका विद्युत व्यवसायी हरुको मतदाता नामावली सार्वजानिक गरिएको छ । विद्युतीय कारोबार गर्ने जिल्ला नगर संघहरु नै महासंघका मतदाताहरु हुन । महासंघद्धारा आज आईतबार देशभरका  ३६३ व्यवसायीहरुको मतदाता नामावली प्रकाशन भएको महासंघ को सचिवालय ले सार्वजानिक गरिएको छ । सात प्रदेश मध्ये प्रदेश नं ६ कुनै पनि जिल्ला संघहरु महासंघमा आवद्ध भएका छैनन । 
 
प्रदेश नं १ अन्तर्गत ४ वटा जिल्लाहरुको ३८ जना सदस्यहरुको नामावली सार्वजानिक  भएको छ । महासंघका कार्यसमिती सदस्य ४ जना ,दमक विद्युतीय व्यवसायी संघ बाट ७ जना, इटहरी विद्युतीय व्यवसायी संघ बाट ८ जना र झापा विद्युतीय व्यवसायी संघ बाट ७ जना रहेका छन। 
 
त्यसैगरी प्रदेश नं २ अन्तर्गत ३ वटा जिल्लाहरुको १६ जनाको नामावली रहेको छ । महासंघका कार्यसमिती सदस्य २ जना, जनकपुर विद्युतीय व्यवसायी संघ बाट ३ जना, पर्सा विद्युतीय व्यवसायी संघ बाट ८ जना र सप्तरी विद्युतीय व्यवसायी संघ बाट ३ जना रहेका छन ।
 
प्रदेश नं ३ अन्तर्गत ६ वटा जिल्लाहरुको १३३ जनाको नामावली प्रकासित भएको छ । महासंघका कार्यसमिती सदस्य १२ जना, पूर्वी चितवन विद्युतीय व्यवसायी संघ बाट १७ जना, चितवन विद्युतीय व्यवसायी संघ बाट २५ जना, काठमाण्डौं विद्युतीय व्यवसायी संघ बाट ६३ जना,काभ्रे विद्युतीय व्यवसायी संघ बाट ३ जना, ललितपुर इलेक्ट्रिक एशोसिएसन बाट ६जना र मकवानपुर विदूतीय व्यवसायी संघ बाट ७ जनाको नामावली सार्वजानिक गरिएको छ ।
 
प्रदेश नं ४ अन्तर्गत ३ वटा जिल्लाहरुको ४३ जनाको नामावली प्रकासित भएको छ । महासंघका कार्यसमिती सदस्य बाट २ जना, नवलपुर विद्युतीय व्यवसायी संघ बाट १८ जना, पोखरा विद्युतीय व्यवसायी संघ बाट १८ जना र  तनुँह विद्युतीय व्यवसायी संघ बाट ५ जनाको नामावली सार्वजानिक गरिएको छ ।
 
प्रदेश नं ५ अन्तर्गत ४ वटा जिल्लाहरुको ७८ जनाको नामावली प्रकासित भएको छ । महासंघका कार्यसमिती सदस्य २ जना,बाँके विद्युतीय व्यवसायी संघ बाट ११ जना,दाङ्ग विद्युतीय व्यवसायी संघ बाट ८ जना, नेपालगञ्जं विद्युतीय व्यवसायी संघ बाट १५ जना र रुपन्देही  विद्युतीय व्यवसायी संघ बाट ४२ जनाको नामावली सुचनापाटिमा टाँस गरिएको छ ।
 
त्यसैगरि प्रदेश नं ७ अन्तर्गत २ वटा जिल्लाहरुको ९ जनाको नामावली सर्वजानिक गरिएको छ । महासंघका कार्यसमिती सदस्य १ जना, कैलाली विद्युतीय व्यवसायी संघ बाट ६ जना र कन्चनपुर विद्युतीय व्यवसायी संघ बाट २ जनाको नामावली सार्वजानिक गरिएको छ ।
 
महासंघमा आवद्ध एशोसिट सदस्यहरु तर्फ ४६ जना सदस्यहरुको रहेका छन । 
 
निर्वाचन भएमा  अंकगणितीय रुपमा हेर्दा महासंघमा ३६३ जनाले योग्य उम्मेद्धारा चयन गर्न अवसरको ढोका खुल्ने सम्भावना देखिन्छ । 
 
माघ २८ गते शनिवार होटल क्राउन इम्पेरीयल रविभवन हाइट काठमाडौंमा हुने साधारण सभा एव महाधिवेशनबाट महासंघले नयाँ नेतृत्व पाउँदै छ । 
महासंघले माघ ११ गते सुचना जारी गर्दै उम्मेद्धवारी मनोनयन पत्र दर्ता माघ २३ गते सोमबार ४ बजे सम्म महासंघको सचिवालयमानै गर्न आग्रह गरिएको छ । त्यस्तै उम्मेदवारहरुको नामावली प्रकाशन २३ गते ५ बजे, उम्मेदवार मनोनयन उपर दावी विरोध २४ गते मंगलबार ३ बजेसम्म,उम्मेदवारहरुको नामावली प्रकाशन २४ गते ५ बजेसम्म, उम्मेदवारी फिर्ता÷सर्वसम्मतीको प्रयास २६ गते ४ बजे सम्म र उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन २६ गते विहिवार ५ बजेसम्म गरिने संजय नाथ जोशी प्रमुख निर्वाचन  अधिकृतद्धारा हस्ताक्षरित गरिएको सूचना पत्रमा उल्लेख छ । 
 
मतदान÷मतगणना÷निर्वाचन परिणाम घोषणा सपथ ग्रहण तथा प्रमाण पत्र प्रदान २८ गते शनिवार बन्दसत्र समापन पश्चात साधारण सभा हलमा गरिने महासंघले जनाएको छ ।
          स्रोत ः महासंघ द्धारा सार्वजानीक मतदाता नामावली बाट 
 

प्रतिक्रिया