भर्खरै

सस्तो लोकप्रियताको लागि दौडधुप

  • प्रकाशित मिति : बुध, माघ ११, २०७९
  • - मिरा शाही / काठमाडौं
काठमाडौं ११ माघ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि मुलुकको राजनीतिक यात्रा रोमान्चक रुपमा अगाडी बढेको छ  । मंसिर ४ गतेको निर्वाचनमाम नेपाली मतदाताले कुनै पनि पार्टीलाई बहुमत नदिदाँ यतिखेर नेकपा एमाले, माओबादी केन्द्र,  राष्टिय स्वतन्त्र पार्टी, नेपाल प्रजातन्त्र पार्टी लगायत पार्टी र सांसदहरुको सामुहिक गठबन्धनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नयाँ सरकारको गठन भएको छ ।  त्यसपछिका मन्त्रीमण्डलहरुमा प्रायः नयाँ अनुहारहरुको आगमन भएको छ । हुनपनि नेपाली मतदाताहरुले यो पटक नयाँ अनुहारहरुलाई राम्रो मत दिँदा पाटी निर्माण भएको छमहिनामा नै प्रत्यक्ष तर्फ सात सिट सहित समानुपातिकमा १३ गरि २० सांसद सहित सरकारमा गएको राष्टिय स्वतन्त्र पार्टीमा आम जनताको चासो सँगै आशाबादी पनि छन् ।
 
पुराना नेताहरुले अघिल्ला कार्यकालमा जनताको आवश्यकता र मन जित्ने काम गर्न नसक्दा आम जनतामा पुराना पार्टीहरु प्रति वितृष्णा आएको राजनैतिक विज्ञहरुको आशय छ । तर नयाँ अनुहार निर्वाचित भएसँगै सरकारको काम गर्ने स्थानमा पुग्दा पुराना पार्टीहरुकै व्यावहार भइरहेको हो कि भन्नेमा चिन्ता थपिदिएको छ । यसको मुख्य उदाहारणको रुपमाम स्वास्थ्य मन्त्री र राज्यमन्त्रीले एउटै कार्यक्रममा सँगै रिबन काटेको एउटा फोटो सामाजिक सञ्जालमा यतिबेला चर्चामा रहेको छ । 
 
बिहीबार बिहान वीर अस्पतालले सुरु गर्न लागेको क्याथ ल्याब सेवाको उद्घाटन कार्यक्रम थियो । सो ल्याबको उद्घाटन गर्नका लागि स्वास्थ्य मन्त्री पदम गिरीलाई डाकिएको थियो, सो सेवा मन्त्री गिरीबाट उद्घाटन गरिएको भनेर बोर्ड पनि टाँसिएको थियो । तर स्वास्थ्य राज्यमन्त्री डा.तोशिमा कार्कीले पनि उद्घाटन गर्ने रहर गरेपछि ढोकामा २ वटा रिबन बाँधियो । माथिल्लो भागको रिबन मन्त्री गिरीले काटे भने तल्लो भागमा राखिएको  रिबन राज्यमन्त्री कार्कीले काटेर उद्घाटन गर्ने काम गरियो । 
 
पुराना दल र पुराना नेताले गर्ने कार्यशैलीको विरोध गर्दै उदाएका नयाँ दलका सांसदले पनि उही पुरानै शैलीको उद्घाटनको तरिका अपनाएपछि राज्यमन्त्री कार्कीको आलोचना सुरु भएको हो । नयाँ सरकार गठन भएको एक महिना नपुग्दै सरकारका मन्त्रीहरू काम भन्दा चर्चाको पछि लाग्दा दीर्घकालीन परिणाम दिने काम सुरु गर्नुभन्दा पनि सस्तो लोकप्रियताको पछाडि मन्त्रीहरू कुदिरहेको आम नागरिकलाई भान भएको छ । 
 
प्रधानमन्त्रीदेखि सरकारका मन्त्रीहरू अनुगमन तथा अन्य चर्चामा आउने गतिविधिमा लाग्ने ‘स्टन्ट’ मा व्यस्थ हुन थालेको भन्दै सर्वसाधारण चिन्ता व्यक्त गरिरहेका छन् । यसरी ‘स्टन्ट’ गर्नेहरुमा नयाँ अनुहार नै बढी छन् । यसैले नयाँ अनुहारहरुले निर्वाचनको समयमा मतदातालाई भनेका मुख्य योजना विर्सिएर आफु चर्चामा आउन मात्र काम नगरि आम नागरिकको लागी काम गर्नुपर्ने समय आएको छ । किनकी सांसदमा आएका नयाँ अनुहार प्रति आम नागरिकले ठूलो आसा र अपेक्षा गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago