भर्खरै

‘गुणस्तरीयता नै हाम्रो विशेषता हो’- डाइरेक्टर प्रसिद्ध श्रेष्ठ

  • प्रकाशित मिति : बुध, पौष ६, २०७९
  • - प्रसिद्ध श्रेष्ठ डाइरेक्टर, ट्रान्सवेल्ड नेपाल प्रा.लि
title

ट्रान्सवेल्ड नेपाल कम्पनी सन् १९९५ मा स्थापना भएको हो । हाल २७ वर्षको अवधिमा १० हजार भन्दा बढी ट्रान्सफर्मर उत्पादन तथा बिक्री गरिसकेको छ । कम्पनीले १५ केभीए देखि २ हजार केभीए सम्मको ११/३३ केभीए सम्मको ट्रान्सफर्मर उत्पादन गर्दै आएको छ । 

उच्च गुणस्तर, बिक्री पछिको सेल्स सर्भिस उत्कृष्ट भएकै कारण ट्रान्सवेल्ड सबै क्षेत्रको लागि पहिलो रोजाई बन्दै आएको छ । नेपालमा नै उत्पादित हुँदै आएको सो कम्पनीको हालको बजारको अवस्था, भावी योजना लगायतका विषयमा ट्रान्सवेल्ड नेपालका डाइरेक्टर प्रसिद्ध श्रेष्ठसँग विद्युत संसार साप्ताहिक पत्रिकाका सम्पादक भीमलाल श्रेष्ठले गर्नुभएको कुराकानीको सम्पादित अंश :
 
प्रसिद्ध श्रेष्ठ  डाइरेक्टर, ट्रान्सवेल्ड नेपाल प्रा.लि

ट्रान्सवेल्ड नेपाल कम्पनीको बारेमा केही बताईदिनुस् न ?

ट्रान्सवेल्ड नेपाल कम्पनी सन् १९९५ मा स्थापना भएको हो । मेरो हजुरबुबा नेपाल विद्युत प्राधिकरणको इलेक्ट्रिकल इन्जिनियर्स हँुदै गर्दा ट्रान्सवेल्ड नेपालको स्थापना गर्नुभएको थियो । ट्रान्सवेल्ड ट्रान्सफर्मर नेपालको लिडिङ ट्रान्सफर्मर उत्पादन गर्ने कम्पनी हो । आजसम्म यस कम्पनीले करिब १० हजारभन्दा बढी ट्रान्सफर्मरहरू सफलतापूर्वक निर्माण र वितरण गरिसकेको छ । ट्रान्सवेल्डका २५ केभिए देखि दुई हजार केभिए क्षमतासम्मको ट्रान्सफर्मर उत्पादन क्षमता रहेको छ । अन्तर्राष्ट्रिय मापदण्ड IEC 60076, IS 2026 अनुसार उत्पादन हुने उक्त ट्रान्सफर्मर विश्वासिलो भरपर्दो र गुणस्तरीय छन् । 
 
ट्रान्सवेल्ड नेपालका उत्पादित ट्रान्सफर्मर उपभोक्ताको रोजाईमा नै पर्नुको कारण के हो ?

ट्रान्सवेल्ड नेपाल स्वदेशी ट्रान्सफर्मर उद्योग हो । यसले भारत लगायतका देशबाट उच्च गुणस्तरको कच्चा पदार्थ आयात गरेर नेपालमै गुणस्तरीय ट्रान्सफर्मर उत्पादन गर्दै आएको छ । हाम्रो कम्पनीले सेल्स सर्भिसमा विशेष ध्यान दिने गर्दछ ।  ट्रान्सवेल्ड ट्रान्सफर्मर प्रयोग गर्ने उपभोक्तालाई ट्रान्सफर्मर बिक्री भएको ३ वर्षसम्म वारेन्टी हुन्छ भने लाइफटाइमभर प्राविधिक सहयोग उपलब्ध हुन्छ । यो कारणले पनि हाम्रा उत्पादन उपभोक्ताको रोजाईमा पर्ने गरेको छ । ट्रान्सफर्मर बिग्रेको अवस्थामा २४ घण्टामा पुनः वैकल्पिक व्यवस्था गरेर  सेवा सुचारू गरिदिन्छौँ । विद्युत् सेवा विस्तार हुने हरेक ठाउँमा यसको प्रयोग बढदै आएको छ  ।
 
ट्रान्सफर्मर लगायत अन्य कस्ता सामग्रीहरु उत्पादन हुन्छ  ?

कम्पनीको प्रमुख उत्पादन भनेको गुणस्तरीय ट्रान्सफर्मर नै हो । यसका साथै हामी उत्पादनमा  भोल्टेज स्टेबलाइजर, वेल्डीङ्ग मेशिन का साथै ट्रान्सफर्मर इन्स्टलेशन , ट्रान्समिसन लाईनको काम पनि गर्छौं ।
 
कम्पनीको भावि योजनाहरु के–के रहेका छन् बताईदिनुहोस न ?

 हाम्रो कम्पनीबाट उत्पादन भएका ट्रान्सफर्मरहरु नेपालमा मात्र बिक्री वितरण गर्दै आइरहेका छौँ । हाम्रा गुणस्तरीय उत्पादनलाई विश्व बजारमा पु¥याउने योजनामा छौ । यो सँगै ट्रान्समिसन लाइनमा लाग्ने सम्पुर्ण सामग्री उत्पादनको थालनी गर्ने योजनाका साथ हामी अगाडि बढ्दै आएका छौ ।
 
 
हरेक क्षेत्रमा ट्रान्सफर्मरको माग बढ्दो छ । यसैले हामीले गुणस्तरीयतासँगै आफ्नो उत्पादनलाई पनि बढाएको छौं । हाल सम्म ट्रान्सवेल्डका उत्पादनहरू नेपालभर विभिन्न उद्योग व्यवसाय, जलविद्युत प्लान्ट, अस्पताल, विद्यालय, अपार्टमेन्ट, व्यावसायिक भवन आदिमा पुगेका छन् । यसलाई अझ विस्तारित गर्ने हाम्रो योजना हो । नेपाली उत्पादनको प्रयोगमा हामीले जोड दिइरहेका छौँ । आफ्नो उत्पादन जतिसक्दो धेरै नेपालमै खपत गर्ने कम्पनीको उद्देश्य रहेको छ ।
देशभर हाम्रो वस्तुको पहिचान दिलाउने र बजार व्यवस्थापनमा केन्द्रित रहने र स्वेदशी उत्पादनको प्रयोगलाई प्राथमिकता दिलाउन काम गरिरहेका छौँ । नेपालीले नेपालमै उत्पादित वस्तु प्रयोग गर्ने वातावरण सिर्जना गर्नु कम्पनीको  प्रमुख उद्देश्य हो ।
 
सरकारको तर्फबाट यस्ता कम्पनीहरुलाई कस्तो सहयोगको अपेक्षा गर्नुभएको छ ?

विद्युतीय क्षेत्रमा ट्रान्सफर्मर लाई मुटुको रुपमा लिने गरेको छ । जसरी मानव मुटु स्वस्थ रहनु पर्छ त्यसैगरी विद्युत बितरण क्षेत्रमा ट्रान्सफर्मर पनि गुणस्तरीय र भरपर्दो हुनुपर्दछ । यो निकै संवेदनशील भएकोले सरकारले पनि प्राथमिकतामा  राखेर उद्योगहरुलाई आवश्यक सहजीकरण गर्दै अभिभावकत्व लिन सक्नु पर्दछ । 
 
ट्रान्सफर्मर उत्पादनमा नेपाल आत्मनिर्भर नै भए पनि उत्पादनका लागि आवश्यक कच्चा पदार्थ विदेशबाटै ल्याउनुपर्ने अवस्था छ यसमा सरकारले भन्सार दरमा सहुलियत प्रदान गर्न सके र बैक को व्याजदर मिनीमम दररेट कायम गरि एकै व्याजदर कायम गराउन सके प्रभावकारी हुने थियो । 
 
चार वर्ष पछि भएको फिन इलेक्ट्रो टेक–२०२२ मा सहभागीता जनाउनु भएको थियो । यो मेला ट्रान्सवेल्ड ट्रान्सफर्मरको लागि कस्तो रह्यो ?

२०१८ पछि अन्तर्राष्ट्रिय स्तरको वृहत प्रदर्शनीमा सहभागी भएका हौँ । ट्रान्सफर्मरको थप प्रवर्द्धन र प्रचार प्रसारका लागि गत मंसिर २२ गते विहिवार देखि नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको ‘फिन इलेक्ट्रो टेक २०२२’ एक्स्पोमा चार दिन सम्म सञ्चालन भएको सो मेलामा अवलोकनकर्ताहरुको उत्साहजनक सहभागिता रह्यो । यो ट्रान्सफर्मर साधारण मानिसका लागि नभई निजी विद्युत उत्पादक, इन्जिनियर, सम्बन्धित विज्ञ, प्राधिकरणका कर्मचारी, प्रसारण लाइन तथा जलविद्युत आयोजना निर्माणकर्ताहरुको लागि हुँदा हाम्रो क्षेत्रका अवलोकनकर्ताको पनि विशेष सहभागिता रहेको थियो । कम्पनीले प्रर्दशनीमा १०० केभी र १६०० केभीको पावर ट्रान्सफर्मर राखेको थियो ।
 
अन्तमा के भन्न चाहानु हुन्छ ?

नेपालको विकाससँगै ट्रान्सफर्मर प्रयोगको क्षेत्र बढ्दो छ । यसैले हामीले आफ्नो गुणस्तरीय उत्पादन जतिसक्दो धेरै नेपालमै खपत गर्ने कम्पनीको उद्देश्य रहेको छ । गुणस्तरीय ट्रान्सफर्मर प्रयोग गर्ने मामिलामा मूल्यलाई आधार नबनाउन आम उपभोक्तमा आग्रह गर्दछु र नेपालमा नै उत्पादन गर्ने नेपाली उद्योगहरुलाई उनले उत्पादन गर्ने बस्तुहरु उपयोग गरेर प्रोत्साहन गर्न पनि अनुरोध गर्दछु ।

प्रतिक्रिया