भर्खरै

आगलागी हुदा एक जनाको मृत्यु

  • प्रकाशित मिति : बुध, कार्तिक ३०, २०७९
  • - विद्युत संसार
title

काठमाडौं ३० कात्तिक । भक्तपुरको मध्यपुरथिमीमा आज विहान आगलागी हुँदा जलेर एक जनाको ज्यान गएको छ । 
 
मध्यपुरथिमी नगरपालिका वडा नम्बर ६ राईटोल माथिल्लो कुण्डोलकाको तीन तले घरमा बिहान आगलागी हुदा २५ वर्षकी अस्मिता केसी को ज्यान गएको हो भने १४ वर्षकी नित्माको भने कोरियन अस्पतालमा उपचार भइ डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।
 
अस्मिता सुस्त मनस्थिति र प्यारालाइसिसबाट पीडित हुनुहुन्थ्यो । बिहान लागेको आगो प्रहरी, नेपाली सेना र स्थानीयबासिन्दाको सहयोगमा झण्डै ९ बजे निभ्याइएको थियो । प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 21 hours ago