भर्खरै

बेमौसमी वर्षाको असर

  • प्रकाशित मिति : बुध, असोज २६, २०७९
  • - विद्युत संसार
title

काठमाडौं, २६ साउन । अविरल बेमौसमी वर्षाका कारण नेपालीको महान् चाड वडा दशैं नै प्रभावित बन्न पुग्यो । लामो बेमौसमी वर्षाले जलविद्युत्, सडक र कृषिमा ठूलो क्षति पुगेको छ भने ग्रामीण जनजीवन समेत अस्तव्यस्त बन्न पुग्यो । वडा दशैंमा आफुभन्दा ठूला मान्यजनबाट टिका लगाई आर्शिवाद लिने समयमा वर्षाका कारण ठाउँठाउँमा बाढी र पहिरो आउँदा स्थानीयवासी त्रसित भए भने दशैं मनाउन आफन्तकोमा जाने आउने सर्वसाधारण घरभित्र नै गुम्सिएर बस्न बाध्य भएका छन् । अविरल परेको वर्षाका कारण विभिन्न जलविद्युत आयोजनाहरुमा क्षति पुग्दा ग्रामीण क्षेत्रका विभिन्न स्थानका जनाता बिजुली बत्ति विहिन हुन पुगे । 
 
बेमौसमी वर्षापछि आएको बाढीले म्याग्दी जिल्लाको धौलागिरि गाउँपालिका–१ गुर्जामा रहेको ३५ किलोवाट क्षमताको इङ्लेखोला लघुजलविद्युतको मुहान बगाएपछि विद्युत् सेवा अवरुद्ध हुनपुग्यो । लघुजलविद्युत् अवरुद्ध भएसँगै गुर्जामा रहेका दुई सय ६५ घरधुरी अन्धकार बने । केन्द्रीय विद्युतको पहुँच नपुगेको र लघुजलविद्युत् अवरुद्ध बनेसँगै स्थानीयवासीले रातमा बत्ति बाल्न पाएका छैनन् भने सञ्चार सम्पर्क समेत विच्छेद भए ।
 
त्यस्तै बागलुङको निसीखोला गाउँपालिका दुईवटा जलविद्युत् आयोजनामा क्षति हुँदा हजारौँ नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् । निसीखोला –४ र ५ मा रहेका विद्युत् आयोजनामा बाढी पस्दा र पहिराले नहर बगाउँदा अवरुद्ध भएको छ । यस्ता घटना अन्य जिल्लामा पनि घटेका छन् ।  
 
 अविरल वर्षाका कै कारण ग्रामीण सडक अवरुद्ध भएको छ । केही स्थानमा सडक खुलेपनि केही स्थानमा अझै खुल्न सकेको छैन् । ग्रामीण सडक मात्रै होइन राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक, बेनी–दरबाङ सडक लगायत म्याग्दी जोड्ने सबै सडक अवरुद्ध हुनपुग्यो । चार दिनदेखिको अविरल वर्षाले दशैंका टीका लगाउन र आशिर्वाद लिन आफन्तकोमा जाने आउने सर्वसाधारणले सास्ती बेहोर्नुप¥यो । सडकमा गाडी चल्ने अवस्था छैन । 
 
खोलो बगेर सडक छियाछिया भएकाले मानिस सास्ती खेप्दै पैदलयात्रा गर्न बाध्य छन् । यस्तो समयमा नेपालीहरुको महान पर्व भएता पनि सावधानी अपनाएर सुरक्षित रुपमा घरमा नै बस्दा उपयुक्त हुन्छ ।  अहिले दशैको समापन भएको छ यो सँगै दशैं मनाउन गाउँ गाउँ पुगेका मानिस पुनः कर्मथलो तर्फ फर्कन थालेका छन् । तर अझै पुर्ण रुपमा मौसम सफा नभएको अवस्थामा सावधान पुर्वक यात्रा गर्न आवश्यक छ । 

प्रतिक्रिया