भर्खरै

हाइड्रोजन ऊर्जामा नेपालले विश्वमै अग्रणी भूमिका निर्वाह गर्छ : ऊर्जामन्त्री भुसाल

  • प्रकाशित मिति : सोम, असोज २४, २०७९
  • - विद्युत संसार
title
काठमाडौँ, २४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले हरित हाइड्रोजन ऊर्जाको विकासमा नेपालले विश्वमै अग्रणी भूमिका निर्वाह गर्नसक्ने बताउनुभएको छ । ऊर्जा मन्त्रालय, अर्थमन्त्रालय एमआइटी ग्रुप फाउन्डेसन र ग्लोबल एनआरएन फाउन्डेसनको संयुक्त आयोजनामा आजदेखि सुरु भएको ‘नेपाल ग्रीन हाइड्रोजन समिट’ उद्घाटन गर्दै उहाँले नेपालमा हरित हाइड्रोजन उत्पादन र निर्यातका लागि प्रचुर सम्भावना रहेको बताउनुभयो ।
 
“हाइड्रोजनको व्यावसायिक प्रयोग नवीनतम प्रविधि हो । यसको व्यापार सहज भइसकेको छैन । पर्याप्त जलस्रोत उपलब्ध भएकाले नेपालमा यसको सम्भावना अन्य देशको भन्दा बढी छ”, मन्त्री भुसालले भन्नुभयो, “हाइड्रोजन ऊर्जा उत्पादन र व्यापारमा नेपालले अग्रणी भूमिका निर्वाह गर्न सक्छ ।”
 
हाइड्रोजन ऊर्जाका विषयमा विश्वले अहिले विशेष चासो र प्राथमिकतासहित अध्ययन अनुसन्धान गरिरहेको बताउँदै उहाँले विभिन्न विकसित मुलुकले यसको उत्पादन र उपयोगबारे नीति निर्माण, प्रविधिको अनुसन्धान र अन्वेषणलाई तीव्रता दिएको उल्लेख गर्नुभयो । मन्त्री भुसालले हाइड्रोजन ऊर्जाका विषयमा नेपाल छिट्टै नीति निर्माण गरी अगाडि बढ्ने जानकारी गराउनुभयो ।
 
जलस्रोतलाई जलविद्युत्मा परिणत गर्ने र जलविद्युत्को प्रयोग गरी जलस्रोतलाई हरित हाइड्रोजनका रुपमा विकास गर्ने विषय नेपालको आर्थिक समृद्धि, पर्यावरणीय सुरक्षा, ऊर्जा तथा खाद्य सुरक्षाका साथै दिगो विकासका दृष्टिले निकै गहन हुने उहाँको भनाइ थियो ।
   
मन्त्री भुसाले ऊर्जाको स्रोतका रुपमा जलविद्युत्लाई प्रयोग गर्ने, प्रतिव्यक्ति विद्युत् खपत बढाउने साथै जलविद्युत्लाई हाइड्रोजन ऊर्जा, एमोनिया र युरिया मल उत्पादनमा समेत प्रयोग गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गर्नुभयो । 
 
सो लक्ष्य पूरा गर्नका लागि मन्त्रालयले कार्यदल गठन गरी जलविद्युत्को प्रयोगबाट हाइड्रोजन र रासायनिक मल उत्पादनको पूर्वसम्भाव्यता अध्ययनसमेत गरिसकेको उहाँले जानकारी गराउनुभयो । 
 
मन्त्री भुसाले भन्नुभयो, “हाइड्रोजन ऊर्जाको विकासका लागि कार्य अगाडि बढाउन मन्त्रालयको पहलमा नेपाल विद्युत् प्राधिकरण र कोरियोको ग्लोबल ग्रीन ग्रोथ इन्टिच्युटबीच समझदारी भइसकेको  छ ।”
 
उहाँले सन् २०३० भित्रै दिगो विकासका लक्ष्य प्राप्त गर्ने तथा सन् २०२६ मा मध्यम आय भएको मुलुकमा पुग्ने राष्ट्रिय लक्ष्य प्राप्त गर्नका लागि सरकारले कृषि, पर्यटन, औद्योगिक क्षेत्रसहित जलविद्युत् आयोजनाको तिव्रतर विकासमा जोड दिएको बताउनुभयो ।
 
मन्त्री भुसालले भन्नुभयो, “सरकार औद्योगिकीकरण, विद्युतीय यातायात सञ्चालन, लिफ्टमार्फत खानेपानी र सिँचाइ, विद्युतीय सामग्री प्रयोग गरी सक्षम, सबल, उन्नत राष्ट्र बनाउन कार्ययोजनासहित लागेको छ ।” सम्मेलन दुई दिनसम्म चल्नेछ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago