शुभकामना

  • प्रकाशित मिति : बुध, असोज १२, २०७९
  • - प्रधानसम्पादक / राम प्रसाद पौडेल
title

विशेष गरी हिन्दु धर्मालवम्वीहरुको महान पर्व विजया दशमी, शुभदीपावली, न्हू दँया भिन्तुना एवं छठ पर्व सुरु हुने क्रम क्रमबद्ध भएर हाम्रो आँगनमा आइरहेको छ । आदरणीय  पाठकवर्ग, विज्ञापनदाता, वितरकहरू, विभिन्न क्षेत्रबाट योगदान गर्नुहुने महानुभावहरू तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा महान् चाडबाड र उत्सवको शुभ उपलक्ष्यमा हामी हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।
 
विगत सात वर्ष देखि पत्रकारिताका हरेक सिद्धान्तहरूको पूर्णपालन गर्दै ऊर्जा क्षेत्रसँग सम्बन्धित भएर प्रकाशनमा आएको विद्युत संसार साप्ताहिक पत्रिकाले देशको ऊर्जा क्षेत्रलाई मार्गदृष्ठ मान्दै आफ्नो कदमहरु अघि बढाउदै आएको छ । कोरोना महामारीको समयमा समेत आफ्नो प्रकाशनलाई निरन्तरता दिदै आएको विद्युत संसार साप्ताहिक पत्रिकाले ऊर्जा क्षेत्रका कूरीतिलाई उजागर गर्ने मात्र नभई शुभ समाचारहरुलाई पनि आफ्नो विशिष्ट स्थान दिदै आएको छ । हाम्रो सस्थाले प्रिन्ट सस्करणसँगै डिजिटल माध्यमलाई आत्मसाथ गर्दै विद्युत संसार अनलाईन समेत सुरुवात गरेका छौ यो सम्पुर्ण पाठक तथा शुभचिन्तकहरुको साथ सहयोग र हौसला कै कारण हो । यस्तै साथ र सहयोग आगामी दिनमा पनि विद्युत संसार आशा र भरोषा गर्दछ । 
 
हाम्रा परम्परा, धर्म, संस्कृतिको सम्मान गरी भावी पिढीहरुलाई हस्तान्तरण गरेर अग्रगामी छलाङ्ग मार्नुपर्ने परिस्थिति आइपरेको छ । घटस्थापनाबाट सुरु भई कोजाग्रत पूर्णिमा गएर समापन हुने महान चाड आफूभन्दा ठूलाको आर्शिवाद लिएर मनाइने गरिन्छ । असत्य माथि सत्यको विजय प्राप्त गरेको महिमालाई लिएर यो चाडलाई मनाउने गरिएको छ  । यो चाड धार्मिक हिसाबले मात्र होइन सामाजिक, राजनीतिक र न्यायिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ । दशैं आएसँगै सुनसान रहेका दुर्गम गाउँहरुमा पनि चहलपहल बढेको छ । टाढा टाढा भएका आफन्तजन एकै ठाउँमा दशैं मनाउन जमघट हुने छन् ।
 
यतिबेला लामो समय देखि विश्वलाई नै त्रसित बनाएको कोरोना भाइरस (कोभिड–१९)को जोखिम अझै हटेको छैन् । यो सँगै डेंगु संक्रमणले पनि काठमाडौं उपत्यका साथै अन्यक्षेत्रमा प्रभावीत बनाएको छ । यसैले पनि नेपालीहरुको महान पर्व दशैं, दिपावली, नेपाल संवद् तथा छठ पर्व पनि सुरक्षित एवम् सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरी हर्षोउल्लासका साथ मनाउन विद्युत संसार हार्दिक अपिल गर्दछ ।
 
आफन्तसँग भेटघाट गर्ने र आफूभन्दा ठूला मान्यजनबाट आर्शिवाद लिन २०७९ सालको नेपालीहरुको महान पर्व दशैं, दिपावली, भिन्तुना तथा छठ पर्वले देशमा सुख, शान्ति र समृद्धि भित्र्याओस् । आम नागरिक प्रवुद्ध वर्ग विज्ञापनदाता, उद्योगी, व्यवसायी, विद्युतकर्मी महासंघ, पेशाकर्मी पाठक बृन्द्ध, लेखक, शुभ चिन्तक र यस मिडियामा कार्यरत मिडियाकर्मि सहयात्री साथीहरु, पत्रकार, वकिलसँगै सबै नेपालीको सुस्वास्थ्य, समुन्नति र उत्तरोत्तर प्रगतिको कामना सहित विद्युत संसार साप्ताहिक हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ । 
 
प्रधानसम्पादक / राम प्रसाद पौडेल

प्रतिक्रिया