भर्खरै

माइडियाको दशैं तिहार अफर सार्वजनिक

  • प्रकाशित मिति : सोम, असोज १०, २०७९
  • - विद्युत संसार साप्ताहिक
title
काठमाडौं, असोज । नेपालमा माइडिया ब्राण्डका घरायसी सामाग्रीाहरूका लागि आधिकारिक वितरक, चौधरी ग्रुपले यसपालीको दशैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ ।
 
माइडिया ब्रान्डले एयर ट्रिटमेन्ट(कमर्सियल र आवासीय वातानुकूलित समाधान), रेफ्रिजरेसन, वासिङ्ग मेसिन, लार्ज किचेन र खाना पकाउने उपकरण, साना भान्साका उपकरणहरू, पानीका उपकरणहरू, भुइँ सम्बन्धि हेरचाह र लाईटिङ्गमा विशेषज्ञता हासिल गरी घरेलु उपकरण उद्योगमा विश्वको सबैभन्दा व्यापक उत्पादनको विविधताहरू प्रदान गर्दै आएको छ ।
 
नेपालमा घरायसी सामाग्रीाहरूका बजारमा ग्राहकवर्गले असाध्यै रुचाएको माइडिया ब्रान्डले नेपालको सबैभन्दा ठूलो उत्सव दशैं र तिहारलाई लक्षित गर्दै “माइडियाको शुभकामना सरल र सुखी जीवनलाई” भन्ने नारासहित जारी गरेको यस अफर अन्तर्गत माइडियाको ६ र ७ केजी वासिङ्ग मेसिनको खरिदमा ६ केजी प्याक सर्फ एक्सेल वा एरिअल, ८ केजी भन्दा माथि का वासिङ्ग मेसिन को खरिद मा माइडियाको राईस कुकर, साइड बाइ साइड तथा मल्टी डोर रेफ्रीजिरेटरको खरिदमा माइडियाको इन्डकसन कुकर साथै हरेक खरिदमा खाली हात नजाने क्यासब्याकको अफर माइडियाले सार्वजनिक गरेको छ । कम्पनीको यस अफरमा रु. ३४,३०० सम्मको  क्यासब्याक रहेको कम्पनीले जनाएको छ । माइडिया ब्राण्ड माइडिया ग्रुप अन्तर्गतको घरेलु उपकरण व्यवसाय भित्रका १० भन्दा बढी ब्राण्डहरु मध्ये एक हो ।  
 
कम्पनीका अनुसार यो ग्राहक योजना भाद्र १५, २०७९ देखि नेपालभरी सीमित अवधिको लागि लागू गरिएको छ । माइडिया गु्रप एक अग्रणी विश्वव्यापी उच्च–प्रविधि कम्पनी हो, जुन २०२१ को ग्लोबल फर्च्यून ५०० मा २८८ स्थानमा रहन सफल भएको थियो । माइडिया ग्रुपको व्यापार घरेलु उपकरणहरूभन्दा बाहिरद छ जसमध्ये एच.भि.ए.सि., रोबोटिक्स र अटोमेसन, स्मार्ट होम र आई.ओ.टि, साथैस्मार्ट लजिस्टिक र कम्पोनेन्टहरू जस्ता व्यापार स्तम्भहरू पनि समावेश गर्दछ ।
 
माइडिया ग्रुपका सबै व्यवसायहरुको एउटै क्रेडो ह्युमनाइज टेक्नोलोजि-HumanizingTechnology) को लागि प्रयासरत छ । 
नेपालमा २०२१ देखि चौधरी ग्रुपले माइडिया ब्रान्डका उत्पादनहरू आफ्नो च्यानल र आउटलेटहरूमार्फत देशभर वितरण गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago