भर्खरै

गोरखाका ४ पालिकामा असोज ८ र ९ गते विद्युत अवरुद्ध हुने

  • प्रकाशित मिति : शुक्र, असोज ७, २०७९
  • - विद्युत संसार
title

गोरखा, असोज । गोरखाको ४ पालिका क्षेत्रमा यहि असोज ८ र ९ गते दुई दिन विद्युत सेवा अवरुद्ध हुने भएको छ ।
पालुङटार डुम्रे ३३ के.भि र ११ के.भि हर्मि फिडरको लाइनको नजिक परेको रुखका हांगा बिगाहरु कटान गर्नुपर्ने भएकाले प्राधिकरणले दुई दिन विद्युत अवरुद्ध गर्ने नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले जनाएको छ ।
 
विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले आज एक सार्वजनिक सूचना जारी गर्दै दुईदिन बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरुद्ध जानकारी गराएको छ । 
 
विद्युत अवरुद्ध हुने स्थानहरुमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका, सिरानचोक गाउँपालिका, अजिरकोट गाउँपालिका र पालुङटार नगरपालिका क्षेत्र आसपासका रहेका छन् । 
 
त्यस बाहेक पालुङटार सबस्टेशनबाट विद्युत सप्लाई हुने क्षेत्रमा पनि विद्युत सेवा अवरुद्ध हुने छ । तोकिएको समयभन्दा अगावै काम सम्पन्न भए निर्धारित समय अघि नै विद्युत सेवा सूचारु हुने जनाएको छ ।

प्रतिक्रिया