भर्खरै

कुलमानको भनाई ’सार्वजनिक यातायात धेरैभन्दा धेरै विद्युतीय बनाउनु पर्छ’

  • प्रकाशित मिति : शुक्र, असोज ७, २०७९
  • - विद्युत संसार
title
काठमाडौं, असोज । नेपाल विद्युत् प्रधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सार्वजनिक यातायात धेरैभन्दा धेरै विद्युतीय सवारी साधन प्रयोगमा ल्याउनु पर्ने बताउनुभएको छ । 
 
बिहिबारदेखि काठमाडौंको भृकुटीमण्डपमा चार दिनसम्म सञ्चालन हुने नाडा ईभी एक्स्पोमा बोल्दै प्रमुख घिसिङले उक्त कुरा बताउनुभएको हो।
’निजी प्रयोगमा मात्र सीमित नगरी सार्वजनिक यातायातमा पनि बढीभन्दा बढी विद्युतिय सवारीहरु जस्तै  ट्याक्सी, बस तथा सार्वजनिक सवारी साधनहरू भित्र्याउनु पर्ने घिसिङको भनाई छ । 
 
त्यस्तै, प्रमुख घिसिङले विद्युतीय सवारीको लागि चर्जिङ स्टेशनका लागि प्रस्ताव लिएर आए प्रधिकरणले सो स्थानमा २०० केभीको विद्युत् पु¥याइदिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । इन्धनको तुलनामा सञ्चलान लागत शून्य रहेकाले विद्युतीय सवारीको प्रयोगको फाइदाबारे प्रचारप्रसार गर्न पनि घिसिङले आग्रह गर्नुभएको छ । 
 
एक्स्पोमा ७ वटा ब्राण्डका चार पाङ्ग्रे, एउटा तीन पाङ्ग्रे, १६ वटा दुई पाङ्ग्रे, ३ वटा टायर, २ वटा ब्याट्री, ९ वटा पार्टपुर्जाको सहभागिता रहेको छ । उक्त एक्स्पोमा ठूला तथा साना गरी ५१ वटा स्टल र ब्लकहरु रहेका छन् । एक्स्पोलाई व्यवस्थित बनाउन र प्रदर्शनी स्थलमा भिडभाड कम गर्न नाडाले खल्ती एप मार्फत अनलाईन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाएको छ ।
 
असोज ५ गतेसम्मको अग्रिम अनलाइन टिकट खरिदमा विशेष सहुलियतका साथै प्रत्येक टिकट खरिदमा खल्ती एपबाट २५ प्रतिशत क्यास ब्याकको अफर समेत रहेको थियो ।
 
त्यसैगरी चार दिनसम्म चल्ने उक्त नाडा इभी एक्स्पोमा लगभग ४० हजार आगन्तुकहरुले अवलोकन गर्ने विश्वास रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago