भर्खरै

तत्काल भाडा वृद्धि नभए पेट्रोलियम ढुवानी रोक्ने चेतावानी

  • प्रकाशित मिति : बुध, भदौ २२, २०७९
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं २२ भदौ । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले निगमले पटक पटक सहमति जनाएर पनि कार्यन्वयन नभए पछि पाँचौं पटक आन्दोलनको घोषणा गरेका छन् । महासंघले तत्काल भाडा वृद्धि नभए २५ भदौबाट पेट्रोलियम ढुवानी रोक्ने सहितको आन्दोलन घोषणा गरेको हो । बुधबार बसेको महासंघको बैठकले यस्तो निर्णय गरेको हो ।
 
महासंघले २४ गतेसम्म भाडा वृद्धि नगरिए २५ गतेबाट आन्तरिक तथा वाह्य दुवै प्रकारका पेट्रोलियम ढुवानीको अग्रिम ढुवानी अनुमति नलिने र असोज एक गतेबाट देशभरको ढुवानी ठप्प बनाउने महासंघले जनाएको छ । महासंघले रुट अनुसार कम्तीमा ३ देखि १० प्रतिशतसम्म ढुवानी भाडा बढाउन माग गर्दै आएको छ ।

प्रतिक्रिया