भर्खरै

केन्ट आरओको दशैं तिहार अफर सार्वजनिक

  • प्रकाशित मिति : बुध, भदौ २२, २०७९
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं भदौ । नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक, सि. जी. इलेक्ट्रोनिक्स अन्तर्गतको  ईओ.एल. प्रा. लिले दशैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ ।
 
भारत र नेपालमा पानी शुद्धिकरणका बजारमा ग्राहकले रुचाएको केन्ट आर.ओ.ले नेपालको सबैभन्दा ठूलो उत्सव दशैं र तिहारलाई लक्षित गर्दै “केन्ट आर.ओ. दशैं तिहार, हरेक खरिदमा उपहार” भन्ने नारासहित जारी गरेको यस अफर अन्तर्गत केन्टको कुनै पनि आर.ओ.मोडलको खरिदमा सि. जी. ब्रान्डको इलेक्ट्रिक केट्टेल उपहार स्वरूप  प्रदान गरिएको छ । 
 
यो योजना भाद्र १३ देखि सम्पूर्ण नेपालमा सीमित अवधिको लागि लागू गरिएको कम्पनीले जनाएको छ ।
 
आज सफा पिउने पानी आवश्यकता बनेको बताउँदै प्रत्येक वर्ष लाखौं नेपाली पानीजन्य रोगहरूले संक्रमित हुने र हजारौंले आफ्नो ज्यान गुमाउने गरेको पनि केन्टले उल्लेख गरेको छ । पिउने पानीमा उच्च टिडीएस, ब्याक्टेरिया, भाइरस, कीटनाशक र अन्य हानिकारक रसायनहरू समावेश हुन सक्छ । साथै, घरहरूमा आपूर्ति गरिएको पानी रस्ट र पुरानो पाइपलाइनहरू मार्फत आउने र अस्वस्थ ट्याङ्कीमा भण्डारण हुने गर्दछ ।
 
पिउनु भन्दा पहिले पानी शुद्ध छ भन्ने कुरा सुनिश्चित गर्न अत्यन्त महत्वपूर्ण भएको र सोहीकारण आर.ओ.बाट प्रशोधित भएको पानी स्वस्थ जीवन र कल्याणको लागि महत्वपूर्ण आवश्यकता भएको बताइएको छ ।
 
केन्ट ब्राण्डका अन्य वाटर प्यूरिफायर, एयर प्यूरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणहरू÷डिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरणहरू पनि बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
दशैं तिहार अफर सार्वजनिक

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago