भर्खरै

मन्त्री पम्फा भुसालले गरिन् चार्जिङ स्टेसनको उद्घाटन

  • प्रकाशित मिति : मंगल, भदौ १४, २०७९
  • - विद्युत संसार
title
‘विद्युतीय सवारीमा ३ सय खर्च हुँदा डिजेल र पेट्रोलको सवारीमा ४ हजार खर्च हुन्छ’: मन्त्री भुसाल
 
काठमाडौं, भदौं । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले नेपाल विद्युत प्राधिकरणमा बनाइएको चार्जिङ स्टेशनको उद्धघाटन गर्दै बिजुली गाडी चार्ज गर्दा औसत प्रतिकिलोमिटर ७० रुपैयाँ लाग्ने बताउनुभएको छ ।  मङ्गलबारदेखि प्राधिकरणले काठमाण्डौको रत्नपार्कमा सञ्चालनमा ल्याएको चार्जिङ स्टेशनको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । 
 
मन्त्री भुसालले देशले विद्युतको क्षेत्रमा ठूलो क्रान्ति गरिरहेको र विद्युत निर्यातले देशको व्यापार घाटा कम गर्न महत्वपूर्ण योगदान रहने बताउँदै उहाँले मुलुक भित्रकै जलस्रोतबाट विद्युत उत्पादन गरेर आफैँले प्रयोग गर्नु महत्वपूर्ण काम भएको समेत बताउनुभयो ।
 
यस्तै नेपालमा यातायात सञ्चालनको लागि विदेशबाट डलर खर्च गरेर करिव ३ खर्बको डिजेल र पेट्रोल आयात हुने अवस्थालाई अब उत्पादित विद्युत खपत बढाउने एक मात्रै माध्यम विद्युतीय यातायातको विकल्प नभएको उहाँको भनाई छ । पछिल्लो एक वर्षमा विद्युत खपत २२ प्रतिशतले बढेपनि विद्युतीय यातायातको सोच जस्तो विकास नभएको बताउनुभयो् ।
 
रुस र युक्रेन युद्धको कारण विश्वले ऊर्जा शंकट भोगिरहेकोले विश्वका धेरै देशहरुलाई डिजेल र पेट्रोलको प्रतिस्थापनको विकल्प नभएको पनि नेपालमा डिजेल र पेट्रोलको विकल्प विद्युत छ, त्यसैले विद्युतले डिजेल र पेट्रोलले प्रतिस्थापन गर्नुपर्छ । यसो गर्दा विद्युत खपत बढाउने तथा बढी भएको विद्युत निर्यातमार्फत मुलुकको व्यापार घाटा कम गर्न समेत ठूलो योगदान पुग्ने मन्त्री भुसालको भनाई छ ।
 
उहाँले भन्नुभयो, उत्पादित विद्युत खपत बढाउने एउटा मात्रै माध्यम विद्युतीय यातायात हो । पछिल्लो एक वर्षमा विद्युत खपत २२ प्रतिशतले बढेको छ । नेपालको विद्युत धेरै सस्तो रहेको छ । काठमाडौंबाट सिन्धुली जाँदा विद्युतीय सवारीमा ३ सयको विद्युत खपत हुन्छ । तर डिजेल र पेट्रोल प्रयोग हुने सवारीमा ४ हजार खर्च हुन्छ । यो भन्दा विद्युत १० गुणा सस्तो रहेको छ । विदेशमा जाने पैसा नेपालमा नै बस्छ । कृषि र ऊर्जा आयात गर्नाले ठूलो आर्थिक असन्तुलन रहेको छ । मुलुकको व्यापार घाटा कम गर्ने एउटा माध्यम जलविद्युत नै हो ।’
 
मन्त्री भुसालले आत्मनिर्भर अर्थतन्त्रका लागि सञ्चार माध्यमहरुले जलविद्युतको विकासमा जोड दिनुपर्ने बताउँदै उहाँले पछिल्लो समय मुलुकमा विद्युतीय सवारीसाधनको माग अत्याधिक रहेको बताउनुभयो ।
 
त्यस्तै कार्यकारी निर्देशक कुलमान घिसिङले ‘चार्जिङ स्टेशनमा बिजुली गाडी चार्ज गर्दा औसत प्रतिकिलोमिटरमा ७० पैसा लाग्छ भने डिजेल र पेट्रोलमा २० रुपैयाँ लाग्ने बताउनुभयो । बिजुलीबाट चल्ने माइक्रोबसमा ९० पैसा र ठूला बसमा एक रुपैयाँ २० पैसा लाग्छ । माइक्रोबसमा ९० पैसा र ठूला बसहरूमा १ रुपैयाँ २० पैसा लाग्छ । ’
 
घिसिङले चार्जिङ स्टेशनमा समयअनुसार फरक–फरक शुल्क लिइने पनि बताउनुभयो । राति पिक समयमा ८ रुपैयाँ ७० पैसा, रातिको समयमा पाँच रुपैयाँ पाँच पैसा र बिहानदेखि दिउँसो चार्ज गर्दा ६ रुपैयाँ ९० पैसा निर्धारण गरिएको उहाँको भनाइ छ । उहाँले विद्युतीय बस तथा माइक्रोबसको चार्जिङ सस्तो भएपछि भाडा पनि सस्तो हुनुपर्ने भन्दै अहिले महँगो रहेको भाडालाई पनि नियन्त्रण गर्ने बताउनुभयो । उहाँले विगतमा विद्युतीय चार्जिङ स्टेशनको कुरा सोच्न पनि नसक्ने अवस्थामा रहेको तर अहिले चार्जिङ स्टेशन बनाउने अवस्थामा आउनु विद्युतीय क्षेत्रमा ठूलो परिर्वतन भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago