भर्खरै

ऊर्जा सचिवस्तरीय बैठकका लागि ऊर्जामन्त्री भुसाल र बंगलादेशी टोलीबीच भेटवार्ता

  • प्रकाशित मिति : सोम, भदौ ६, २०७९
  • - विद्युत संसार
title
काठमाडौं, भदौ । बिहीबारबाट सुरु हुने ऊर्जा सचिवस्तरीय बैठकका लागि बंगलादेशबाट आएको टोली र ऊर्जामन्त्री पम्फा भुसालबीच आज भेटर्वार्ता भएको छ । 
 
बैठकका लागि आएको टोलीले बंगलादेशले नेपालमा उत्पादन भएको जलविद्युत बंगलादेश लैजान बारे छलफल गर्न भेटवार्ता भएको हो । ऊर्जा सचिवस्तरीय बैठकका लागि आएको टोलीले ऊर्जामन्त्री पम्फा भुसाललाई भेटेर बिजुली लैजाने इच्छा देखाएका छन् । 
 
बैठकका लागि आउनुभएका बंगलादेशका उर्जा मन्त्रालयका सचिव महोमद हबिबुर रहमानले नेपालमा उत्पादन भएको स्वच्छ ऊर्जा आफ्नो देशका लागि आवश्यक भएकोले नेपालमा उत्पादन हुने विद्युत बंगलादेश लैजान चाहेको बताउँदै यसका लागि नेपाल, भारत र बंगलादेशमाझ सहकार्य गरेर विद्युत् आफ्नो देशमा लैजान पहल गरिरहेको बताउनुभयो । 
भेटवार्तामा ऊर्जामन्त्री भुसालले बैठकले अनुभव आदानप्रदान हुनुका साथै आपसी सम्बन्ध विस्तार गर्ने विश्वास व्यक्त गर्दै उहाँले नेपालसँग जलविद्युत पर्याप्त रहेको र बंगलादेशलाई स्वच्छ ऊर्जाको आवश्यकता परेकाले नेपाल, भारत र बंगलादेश सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । बुधबारदेखि हुने संयुक्त बैठकमा सो विषयमा छलफल हुने बताउनुभयो ।
 
मन्त्री भुसालले ऊर्जा क्षेत्रको उत्पादन, प्रशारणलाइनको निर्माण र व्यापारका लागि बंगलादेश, भुटान, भारत र नेपाल(बिबिआइएन) माझ सहकार्य हुँदा सदस्य मुलुकलाई फाइदा पुग्ने बताउँदै बिबिआइएनलाई सक्रिय तुल्याउन बंगलादेशले महत्वपूर्ण पहल लिन सक्ने उहाँको भनाई छ । नेपाल–बंगलादेशबीच बुधबार सहसचिव स्तरीय र बिहिबार सचिव स्तरीय बैठक बस्दैछ । सहसचिव स्तरीय बैठकमा नेपालका तर्फबाट ऊर्जा मन्त्रालयका सहसचिव मधु भेटुवाल र सचिवस्तरीय बैठकको ऊर्जा सचिव सुशिलचन्द्र तिवारीले नेतृत्व गर्ने समेत बताउनुभयो ।  
 
बंगलादेशको तर्फबाट सचिवस्तरीय बैठकको नेतृत्व बंगलादेश उर्जा मन्त्रालयका सचिव महोमद हबिबुर रहमानले गर्नेछन् । सहसचिवस्तरीय बैठकमा बंगलादेशको पावर डिभिजनका अतिरिक्त सचिव मोहसिन चौधरीले गर्ने ज्न्ँयउक्ँे छ । 
यो बैठकमा आयोजनाको विकासको मोडालिटी बारे छलफल हुने ऊर्जा मन्त्रालयका सहसचिव मधु भेटुवालले बताउनुभयो । उहाँका अनुसार विद्युत व्यापार, सहकार्य र संयुक्त लगानी नै मुख्य नेपालका एजेण्डाहरु रहेका छन् ।
 
६८३ मेगावाटको सुनकोसी तेस्रो जलविद्युत आयोजना  रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली र  काभ्रेपलान्चोकमा पर्छ ।  प्रस्तावित आयोजना नेपालकै सबैभन्दा ठुलो जलाशयमा आधारित हुनेछ । आयोजना निर्माणका लागि १ खर्ब ५९ अर्ब ७२ करोड लाग्ने अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago