भर्खरै

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आयो, नेपालमा घट्ला ?

  • प्रकाशित मिति : सोम, साउन १६, २०७९
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं १६ साउन ।  भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयाल निगमलाई पठाएको नयाँ पत्रमा इन्धनको मूल्य घटेको छ । कर्पोरेसनले निगमलाई सोमबार पठाएको नयाँ मूल्य सूचीमा पेट्रोलियम पदार्थको मूल्य पुनः घटाएर पठाएको हो ।
 
अगष्ट १ तारिखमा पठाएको नयाँ मूल्य सूची अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ ८० पैसा र डिजेल/मट्टितेलमा समान प्रतिलिटर १२ रुपैयाँ ४५ पैसाले घटाएर पठाएको नेपाल आयाल निगमले जनाएको छ । ।
 
यसअघिको पत्रमा पनि आइओसीले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटाएर मूल्य पठाएको थियो । तर निगमले घाटा कायमै रहेको भन्दै बिक्री मूल्य घटाएको थिएन ।
 
पछिल्लो पटक अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको निरन्तरको गिरावटपछि दोस्रो पटक इन्धनको मूल्य घटेर आएको हो । हाल अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुड आयलको मूल्य प्रति ब्यारेल १०३ डलर हाराहारी रहेको छ । 

प्रतिक्रिया