भर्खरै

चार दिनदेखि हवाई सेवा अवरुद्ध

  • प्रकाशित मिति : सोम, साउन १६, २०७९
  • - रासस
title

सिमकोट, १६ साउन । हुम्लाको हवाई सेवा चार दिनदेखि मौसम खराब हुँदा अवरुद्ध भएको छ ।  बाक्लो बादल लाग्नुका साथै निरन्तर पानी परिरहेका कारण हवाई उडान हुन नसकेको हो । 
 
जिल्ला बाहिर नेपालगञ्ज र सुर्खेतबाट उडान हुन नसकेको सिमकोट विमानस्थलले जानकारी दिएको छ उडान नहुँदा नेपालगञ्ज, सुर्खेतबाट दैनिक उपभोग्यवस्तु आयात हुन सकिरहेको छैन् ।  
 
 हवाई सेवा अवरुद्ध हुँदा जिल्ला बाहिर सुर्खेत, नेपालगञ्ज र बर्दिया लगायतका जिल्लामा लाइसेन्सको लागि परीक्षा दिन जाने परीक्षार्थी बढी मारमा रहेको सिमकोट गाउँपालिका– ७ का वीरबहादुर सिंहले बताउनुभयो । सिमकोटमा तेल, चिनी, बेसार, मसाला लगायतसामग्रीको अभाव देखिन थालेको पसल व्यवसायीले बताउने गरेका छन् । तारा, समिट, नेपाल एयरलाइन्सले चार दिनदेखि उडान भरेका छैनन् भने सीता एयरले दुईदिनदेखि उडान नभरेको विमानस्थल स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

हलेसी तुवाचुङका कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर

खोटाङ, २३ पुस । हलेसी तुवाचुङ नगरपालि 19 hours ago

संघको अध्यक्षपदमा मिलन सिवकोटीको एकल उमेद्वारी

काठमाडौँ, २२ पुष । काठमाडौँ विद्युत 1 day ago