सयपत्री हाइड्रोपावरको आईपीओ आज देखि खुल्ला, कति दिने आवेदन ?

  • प्रकाशित मिति : शुक्र, साउन १३, २०७९
  • - विद्युत संसार
title

काठमाडौं, १३ साउन । सयपत्री हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले १३ साउन शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारणका लागि ७ लाख २१ हजार ६० कित्ता साधारण सेयर निष्कासन गरेको छ ।
 
आयोजना प्रभावित स्थानीयलाई निष्कासन गरेर बिक्री नभएको १ लाख २१ हजार ६० कित्ता समेत गरी सात लाख २१ हजार ६० कित्ता साधारण सेयर निष्कासन खुला गरेको हो । जसमध्ये ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई र १४ हजार ४२१ कित्ता कर्मचारीका लागि सुरक्षित गरेको छ । बाँकी रहेको ६ लाख ७० हजार ५८६ कित्ता सेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरेको हो ।
 
 
इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेब तथा मोबाइल एपमार्फत पनि आवेदन दिन सक्नेछन् ।
 
कम्पनीको आईपीओमा छिटोमा १७ साउन र उक्त अवधिमा पर्याप्त आवादेन नपरेमा ढिलोमा २७ साउनसम्म आवेदन दिने म्याद थप हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ३० हजार कित्ताका सेयरका लागि आवेदन दिन सक्नेछन् ।
 
आईपीओ निष्कासनका लागि कम्पनीको धितोपत्र निष्कासन तथा तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
 
कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी आइएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
 
कम्पनीले बाग्लुङ जिल्लाको ताराखोला गाउँंपालिकामा २।५ मेगावट क्षमताको दरम खोला ‘ए’ जलविद्युत आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन शुरु गरिसकेको छ ।

प्रतिक्रिया