भर्खरै

लघुजलविद्युत् र सौर्य ऊर्जाका माध्यमबाट इन्टरनेटको पहुँच

  • प्रकाशित मिति : मंगल, साउन १०, २०७९
  • - रासस
title
मनाङ, १० साउन । हिमाली जिल्ला मनाङको विकट पालिका नार्पाभूमि सञ्चारमैत्री बनाइँदै छ । सो गाउँपालिकामा लघु जलविद्युत् र सौर्य ऊर्जा (सोलार) का माध्यमबाट इन्टरनेटको पहुँच पु¥याउने उद्देश्यले योजना निर्धारण गरिएको छ । 
 
नार, फु र मेतामा रहेको लघुजलविद्युत् तथा सौर्य ऊर्जाको भरमा गाउँपालिकालाई सूचना प्रविधिमैत्री बनाउने लक्ष्य लिइएको छ । नार्पाभूमिमा हालसम्म राष्ट्रिय प्रशारण लाइनको विद्युत् जडान भने भएको छैन । पालिकावासीलाई सहज र छिटो सूचना प्रवाह गर्न सञ्चारमैत्री बनाउने योजना बजेट तथा कार्यक्रममा नै समावेश गरी अगाडि बढेको छ । 
 
तिब्बत्को सिमानासँग जोडिएको पालिकालाई सञ्चारमैत्री बनाएर सूचना प्रचारप्रसार गर्न योजनामा राखिएको नार्पाभूमिका अध्यक्ष कोन्जो तेन्जिङ लामाले जानकारी दिनुभयो । मोबाइलको नेटवर्कको समस्या भएकाले सूचना प्रवाहका लागि सहज बनाउन वाइफाइको नेटवर्कको उपयोगमार्फत सूचना प्रवाह गर्ने लामाले बताउनुभयो । 
 
“विकट स्थान भएकाले वाइफाईको नेटवर्क लाग्छ, तर मोबाइलको नेटवर्कको समस्या छ, त्यसैले वाइफाइको सहजता कायम गर्न गाउँपालिकाले यस योजनालाई प्राथमिकता दिएको हो”, अध्यक्ष लामाले भन्नुभयो, “नार्पाभूमिवासीका आफन्त धेरै विदेशमा बसोबास गर्ने भएकाले वाइफाइको पहुँचलाई प्राथमिकतामा राखेका छौँ, यसले सूचना पनि सहज र छिटो पाउनेछन् ।” गाउँपालिकाको भवनका साथै पालिकाका पाँचवटै वडामा एकैसाथ डिजिटल डिस्प्लेबाट सूचना प्रवाह गर्ने व्यवस्था गर्न लागिएको उहाँले बताउनुभयो ।
 
 गाउँसभा र गाउँ कार्यपालिकाका सबै निर्णय डिजिटल डिस्प्लेमा प्रसारण गरिने उहाँले बताउनुभयो । “डिजिटल डिस्प्लेमार्फत सूचना प्रवाह गरिँदा पालिकाको सबै कार्य तथा पारदर्शीता कायम गर्न टेवा पुग्नेछ”, लामाले भन्नुभयो । गाउँपालिकाको भवनमा डिजिटल डिस्प्ले जडानका लागि रु छ लाख ३० हजार बजेट विनियोजन गरिएको छ । गाउँसभाबाट पालिकालाई सूचना तथा सञ्चार प्रविधिमैत्री बनाउन आवश्यक विभिन्न अतिरिक्त सामग्री खरिद गर्न रु ८५ हजार र सूचना प्रविधि शाखा विविध व्यवस्थापनका लागि रु एक लाख २५ हजार  विनियोजन गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago