भर्खरै

राप्ती हाइड्रोको आईपीओ बाँडफाँड

  • प्रकाशित मिति : सोम, साउन ९, २०७९
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं ९ साउन । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले असार २९ गतेदेखि साउन १ गतेसम्म जारी गरेको कुल २३ लाख ६६ हजार २४० कित्ता साधारण सेयर सोमबार बाँडफाँड भएको हो ।  
 
गोलाप्रथाबाट भएको आईपीओ बाँडफाँडमा २ लाख १७ हजार ६९४ जना आवेदकले जनही १० कित्ताका दरले कम्पनीको सेयर हात पारेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी दिएको छ । 
 
कम्पनीको आपीओका लागि कुल १४ लाख ९१ हजार ७२२ जनाले आवेदन दिएका थिए । जसमध्ये १४ लाख ९० हजार २९८ आवेदन स्वीकृत भएको थियो भने १ हजार ४२४ आवेदन रद्द भएको कम्पनीले जानकारी दिएको छ ।  

प्रतिक्रिया

सम्बन्धित समाचार

मौद्रिक नीति २०८१/८२ः बजेटका पाँच कार्यक्रमलाई प्राथमिकता

काठमाडौँ, ११ साउन । सरकारले चालु आर्थ 23 hours ago

संस्थागत शेयर धितो कर्जामा २० करोडको सीमा खारेज

काठमाडौँ, ११ साउन । नेपाल राष्ट्र बैं 23 hours ago