भर्खरै

मन्दाकिनी हाइड्रोपावरको आईपीओ खुल्यो

  • प्रकाशित मिति : सोम, साउन ९, २०७९
  • - विद्युत संसार
title

काठमाडौँ, ९ साउन । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आज सोमबारबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो ।
 
 योमध्ये ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २३ हजार ५२१ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यसमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटल लिमिटेडले गरेको छ । १२ साउनसम्म आवेदन दिन सकिनेछ ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस आईएस’ रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त संस्थाहरु दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

प्रतिक्रिया