भर्खरै

सिक्लेस हाइड्रोपावरको आईपीओ निष्कासन

  • प्रकाशित मिति : शुक्र, साउन ६, २०७९
  • - विद्युत संसार
title

काठमाडौं ६ साउन । सिक्लेस हाइड्रोपावर लिमिटेडले आज शुक्रबारबाट आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले आयोजना निमार्ण गरिरहेको प्रभावित क्षेत्र कास्कीको मादी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
 
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आफ्नो जारी पूँजी ८५ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ६ लाख १२ हजार ७९३ कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।
 
इच्छुक स्थानीय लगानीकर्ताले आईपीओमा माछापुच्छ्रे बैंकको मादी शाखा कार्यालय, बैंक अफ काठमाण्डू, मुक्तिनाथ विकास बैंक र एनआईसी एशिया बैंकको पोखरा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
 
कम्पनीले कास्कीको मादी गाँउपालिकामा १३ मेगावाट क्षमताको मद्क्यु खोला जलविद्युत आयोजना निर्माण गरी १९ चैत २०७४ देखि विद्युत् उत्पादन गरीरहेको छ ।

प्रतिक्रिया