भर्खरै

प्रदेश सरकारको आर्थिक सहयोगमा सोलार विद्युत् वितरण

  • प्रकाशित मिति : आइत, साउन १, २०७९
  • - रासस
title
डोटी १ असार । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोगमा बोगटान फुड्सिल गाउँपालिकाको वडा नं २ स्थित केदारअखडा तथा गराजु गाउँमा सोलार विद्युत् वितरण गरिएको छ । प्रदेश सरकारको रु एक करोड ५० लाखको लगानीमा केदारअखडा तथा गराजु गाउँका नागरिकका लागि उक्त सोलार विद्युत् वितरण गरिएको हो ।
 
गाउँमा विद्युत् वितरण गरिएपछि वर्षौँदेखि अन्धकारमा बस्दै आएका केदारअखडा तथा गराजु गाउँका १०० घरधुरीका नागरिकलाई निकै सहज भएको गाउँपालिका अध्यक्ष कमलबहादुर गड्सिलाले बताए । उनले भने, “गाउँमा विद्युत् नहुँदा यहाँका नागरिकलाई समस्या थियो, अहिले प्रदेश सरकारको सहयोगमा सोलार विद्युत् वितरण गरिएपछि सहज भएको छ ।”
 
सोलार सिष्टमबाट कूल २५ किलोवाट क्षमताको विद्युत् उत्पादन भएको स्थानीयवासी गीता केसीले जानकारी दिए । गाउँमा विद्युत् विस्तार भएपछि अहिले त्यहाँका नागरिकले राति उज्यालोका लागि सल्लाको दियालो बाल्नुपर्ने समस्याबाट मुक्ति पाउनुका साथै रातिको समयमा गाउँ झिलीमिली भएको छ । सोलार सिष्टमबाट गाउँमा वर्षौँपछि विद्युत् विस्तार भएपछि अहिले त्यहाँका नागरिकलाई मोबाइल फोन चार्ज गर्नदेखि लिएर टेलिभिजन हेर्न पनि सहज भएको अर्का स्थानीय हेम बमले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago