भर्खरै

रसुवागढीको शेयर साउन १० सम्म भर्न पाइन

  • प्रकाशित मिति : सोम, असार २७, २०७९
  • - विद्युत संसार
title
रसुवा, २७ असार । रसुवागढी हाइड्रोपावरले रसुवाका बासिन्दाका लागि बिक्री खुला गरिएको शेयरको माग फाराम भर्ने म्याद थप गरेको छ । यही असार १३ गतेदेखि सुरू भएको शेयर भर्ने म्याद आजदेखि सकिएको र शुक्रबारसम्मको तथ्याङ्कले शेयर खरिद गर्ने रसुवाली नागरिकको सङ्ख्या अत्यन्तै न्यून देखेपछि हाइड्रोपावरले आगामी साउन १० गतेसम्म शेयरको फाराम भर्ने म्याद थप गरेको हो ।
              
स्वदेशी पुँजी तथा प्राविधिकको सक्रियतामा पूर्वाधार संरचना निर्माण भई उपकरण जडान प्रक्रियामा अगाडि बढिसकेको रसुवागढी हाइड्रोपावर कम्पनीले रसुवाली नागरिकलाई ६८ लाख ४२ हजार १०० कित्ता शेयर छुट्याएको छ । गत शुक्रबारसम्म करिब आठ हजार व्यक्तिले मात्र आवेदन दिएका कारण आगामी साउन १० गतेसम्म शेयर बिक्री समयावधि थप गरिएको रसुवागढी हाइड्रो कम्पनीका प्रबन्ध निर्देशक छवि गैरेले बताउनुभयो । 
         
शेयर भर्नका लागि करिब ४५ हजार नागरिक योग्य रहेको बताउँदै रसुवागढी हाइड्रोपावरले भनेको छ कुनै पनि रसुवाली नागरिक शेयर भर्नबाट नछुटुन् र नदोहोरिउन् भन्ने अपेक्षा राख्दै शेयर खरिद कार्यमा सहभागी भइदिन कम्पनीले अनुरोध गरेको छ ।
        
जागिरमा कार्यरत रही सञ्चयकोषमा सञ्चयकर्ताको हिसाबले यसभन्दा अगाडि शेयर फाराम भरिसकेका रसुवाली नागरिकले दोहोरो हुनेगरी आवेदन पेश नगर्न अनुरोध गरिएको छ । दोहोरो भर्न नपाइने  र भरेको पाइएमा रद्द हुनेसमेत रसुवागढी हाइड्रोले स्पष्ट पारेको छ । अनेत्र जिल्लाबाट विसं २०६८ साउन १७ गते अगाडि रसुवामा बसाइँ सरी आएका नागरिकको हकमा बसाइँसराइको प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने प्रावधान राखिएको बताइएको छ । 
              
विसं २०६८ यताको हकमा भने बसाइँसराइको प्रमाणपत्रका साथै रसुवाको कुन स्थानमा आएर बसोबास गरेको हो त्यस स्थानमा घर हुनुपर्ने, घरमा विद्युत् मिटर जडान भएको कम्युटर बिल, बालबालिका विद्यालय भर्ना एवं पानी धाराको शुल्क बुझाएको बिलका साथै सम्बन्धित वडा कार्यालयले शेयर भर्नका लागि योग्य हो  भनी गरिदिएको सिफारिसका आधारमा मात्र शेयर कित्ता स्वीकृत हुने उक्त हाइड्रोपावरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago