भर्खरै

शिक्षा र प्रविधिमा जर्मनीले सहकार्य बढाउने

  • प्रकाशित मिति : शुक्र, असार २४, २०७९
  • - रासस
title
काठमाडौं, २३ असार  । नेपालको शिक्षा, प्रविधि र अन्य अत्यावश्यक क्षेत्रको प्रवद्र्धनका लागि जर्मनी सरकारको सहयोग र सहकार्य वृद्धि हुने भएको छ ।
 
एड्भान्स्ड कलेज अफ इञ्जीनियरिङ एण्ड म्यानेजमेन्टले गोथे जेन्ट्रमसँगको सहकार्यमा बिहीबार आयोजना गरेको ‘जर्मनीबारे जानकारी’ विषयक सत्रमा नेपालस्थित जर्मनी दूतावासका कन्सुलर लउरा लगबेयरले नेपालको शिक्षा, प्रविधि तथा अन्य अत्यावश्यक क्षेत्रमा सहकार्य बढाउने उल्लेख गर्दै इञ्जीनियरिङ क्षेत्रमा शैक्षिक प्रशिक्षण प्रदान गर्ने सही मार्गमा नेपाल रहेको भन्दै खुसी व्यक्त गरे ।
 
“जर्मन भाषाको सिकाइका लागि ठूलो सङ्ख्यामा विद्यार्थी उत्साहपूर्ण ढङ्गले समर्पित भएकामा म कृतज्ञ छु”, लगबेयरले भने, ‘यसबाट विद्यार्थीलाई क्रमशः जर्मनीप्रति नजिक बनाउँदै अन्तर्राष्ट्रिय प्रस्तुतिमा सहभागी हुने कदमको थालनी हुनेछ । त्यसैले म विद्यार्थीलाई जर्मनीका इञ्जीनियरिङ कलेजसँग जोडिएर आफ्नो सिकाइको क्षितिजलाई फराकिलो बनाउन उत्प्रेरित गर्दछु ।”
 
कार्यक्रममा गोथे जेन्ट्रम काठमाडौँका विज्ञटोली सदस्य सेवास्टेन वइस्टिच, निर्देशक तथा भाषा विभाग प्रमुख बेन्जामिन माट्रेन, जर्मन भाषा शिक्षक सुवास थपलिया तथा गोथे जेन्ट्रमकी अधिकारी म्यारी सोफी स्किल्डको महत्वपूर्ण योगदान रहेको थियो । कार्यक्रममा गोथे जेन्ट्रम काठमाडौँका विज्ञटोली सदस्य सेवास्टेन वइस्टिचले गोथे जेन्ट्रमको ऐतिहासिक पृष्ठभूमिबारे सङ्क्षिप्त चर्चा गर्दै यसले राष्ट्रको संस्कृति र कलाको विविधतालाई कसरी प्रतिविम्बन गर्छ भन्ने विषयमा स्पष्ट पारे । गोथे नेतृत्वदायी भाषिक केन्द्रका साथै विश्वका दुई सयभन्दा बढी राष्ट्रको महत्वपूर्ण सञ्जालको एउटा अङ्ग रहेको उनको धारणा थियो । गोथे जेन्ट्रम काठमाडौैँसँग विश्वका विशेषज्ञहरूको दक्ष टोली रहेको उनले बताए । 
 
गोथे जेन्ट्रमका भाषा विभाग प्रमुख बेन्जामिन माट्रेन, संस्थाका जर्मन भाषा शिक्षक सुवास थपलिया तथा गोथे जेन्ट्रमसँग आबद्ध अधिकारी म्यारी सोफी स्किल्डले कार्यक्रममा उपस्थित स्रोताहरूलाई जर्मनीको शिक्षा, संस्कृति, अशान्त विगत, ऐतिहासिक स्थल, उत्कृष्ट चाडपर्व, अनुपम सभ्यता, समृद्ध भाषा तथा कलात्मक जीवनशैलीका बारेमा जानकारी गराए ।
 
एड्भान्स्ड कलेजका कार्यकारी निर्देशक कपिलदेव रेग्मीले यस्ता प्रकृतिका कार्यक्रमबाट इच्छुक विद्यार्थी मात्र नभएर उपस्थित सम्पूर्ण सहभागीसमेत लाभान्वित हुने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 4 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago