भर्खरै

आधारभुत प्राविधिक एंव कर सम्बन्धि दोस्रो चरणको कार्यक्रम सम्पन्न

  • प्रकाशित मिति : बुध, असार १५, २०७९
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं असार । काठमाडौं विद्युतीय व्यवसायी संघले आयोजना गरेको आधारभुत प्राविधिक एंव कर सम्बन्धि दोस्रो चरणको कार्यक्रम सम्पन्न भएको छ । संघले गोंगबु एरियाएको विद्युतीय व्यवसायी लक्षित गरि दोस्रो चरण अन्तर्रगतको कार्यक्रम यहि ११ गते शनिवार गोंगबु स्थित स्काई पार्टी प्यालेसमा सम्पन्न भएको थियो । 
 
कार्यक्रमका प्रमुख अतिथि नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुर्दशन प्रसाद पौड्यालले कार्यक्रमको समुद्धाटन गर्दै विद्युतीय सामान खरिद गर्दा बिल नभएको सामान खरिद नगर्न व्यवसायीहरु लाई आग्रह गरेका छन् । उनले गुणस्तरीय सामग्रीहरुमा मात्र बिक्रि वितरण गर्न समेत व्यवसायीहरुलाई अनुरोध गरे ।
 
अध्यक्ष पौड्यालले महासंघको भवन निर्माणको क्रममा रहेकाले आफ्नै भवन सम्झिएर सहयोग गर्न अपिल गरे । उनले विद्युतीय व्यवसायीहरु को सबैभन्दा ठुलो मेला इलेक्ट्रो टेक मेला आयोजना गर्ने योजना रहेको जानकारी दिए ।
 
तालिम कार्यक्रममा इन्जिनियर राकेश श्रेष्ठले विद्युत सुरक्षा, प्रयोग र महत्व माथि प्रकाश पारेका थिए भने कर तथा लेखा व्यवस्थापन सम्बन्धि सिए यज्ञराज घिमिरेले प्रशिक्षण दिएका थिए । 
तालिम तथा गोष्ठी आयोजक समिति रेवती रमण पौडेल (आत्माराम) कार्यक्रम सञ्चालन संघका सचिव मिलन सिवाकोटीले गरेका थिए । कार्यक्रमको मूख्य प्रायोजक लुम्बिनी विद्युत उद्योगको लिटमस केबल थिए भने अन्य प्रायोजकहरुमा क्रमशः बबिता ट्रेर्डस, श्री रिद्धीसिद्धी इलेक्ट्रिक र एबीसी इन्फिनीटी प्रालिले सहभागिता जनाएको थियो ।
 
पहिलो चरणमा चावहिल देखि जोरपाटी क्षेत्रका संघमा आवद्ध व्यवसायीहरुलाई लक्षित गत असार ४ गते शनिबार सूर्य क्याटरिङ्ग, धुम्बाराही काठमाडौंमा सम्पन्न भएको थियो । तेस्रो चरणको कार्यक्रम 
आगामी श्निबार तीनकुनेको सिदार्थ कटेज रेष्टुरेन्ट हुने संघले जनाएको छ । 

प्रतिक्रिया