भर्खरै

उत्साहित मतदाता

  • प्रकाशित मिति : बुध, असार १५, २०७९
  • - विद्युत संसार
title

लोकतन्त्रको संस्थागत विकासका लागि स्थिर सरकार आवश्यक हुन्छ । २०७४ मा भएको आम निर्वाचन पश्चात् आम जनताको आशा थियो अबको पाँच वर्षका लागि स्थायी सरकार हुनेछ । तर देशको बाघडोर सम्हालेर बस्ने राजनैतिक दलहरुको खिचातानीले गर्दा पाँच वर्षका लागि जनताले चुनेर सत्तामा पु¥याएकाहरुकै कारण सत्ता ढल्न पुग्यो र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस अहिले सत्ता सम्हालिरहेको छ । 
 
राजनीतिक अस्थिरता हुँदा देशको विकासको गति पनि अस्थिर हुनु स्वाभाविक हो । यो अस्थिरताका कारण गरिवी, अशिक्षा, लोकतान्त्रिक संस्कारको कमी जस्ता समस्या सिर्जना हुने त छँदैछ ।  
यसरी राजनैतिक दलहरु नै आफु–आफु बीच खिचातानी भईरहँदा राजनैतिक दलहरुलाई निर्वाचन मार्फत जिताएर पठाएका आम मतदाताहरुको मनमा नैराश्यता छाएको छ । राजनैतिक दलहरु निर्वाचनको समयमा मात्र गाउँ–गाउँ जाने र आम जनताको दुख बुझ्न पुगेको जस्तो गर्न तर निर्वाचन पश्चात् वास्था नगर्ने प्रवृतिले आम मतदातामा निर्वाचन प्रतिको नैराश्यता पनि छाएको छ । 
 
उदाहारण स्वरुप निर्वाचनमा भोट हाल्न मतदाता परिचय पत्र बनाउनु पर्दछ । निर्वाचन घोषणा हुनभन्दा अघिल्लो दिनसम्म मतदाता नामावली संकलनको काम गरिन्छ तर जनताले आफ्नो सार्वभौम अधिकार मतदाता नामावली संकलन गर्नपनि ठूलो संर्घष गर्नुपर्दछ । हालै स्थानीय निर्वाचन सकिएको छ । यस निर्वाचन अघि मतदाता नामावली संकलनका क्रममा जनताले छ घण्टा सम्म लाईन बस्नुपर्ने बाध्यता थियो । देशमा पुनः संघ तर्फको निर्वाचनको पूर्वसंघारमा छ यसैले अघिल्लो साताबाट निर्वाचन आयोगले नामावली संकलनको कार्यक्रम अघि बढाएसँगै पुन जिल्ला प्रशासन र जिल्ला निर्वाचन कार्यालयमा लाइन देख्न सकिन्छ । यस्ता समस्या हटाउन लामो समय देखि कुरा उठ्दै आएपनि यसले सार्थकता पाउन सकेको थिएन तर आयोगले अब भने सर्वसाधारण स्वयम्ले आफ्नो मतदाता नामावली विवरण अनलाईनबाट गर्न सकिने बनाउँदै छ । 
 
मतदाताहरुले धेरै दुख र कष्ठगरी आफ्नो नामावली संकलन गर्नुपर्ने बाध्यतालाई चिर्न आयोगले जुन निर्णय गरेको छ यो सकारात्मक पक्ष हो ।
 लोकतन्त्रको सुन्दर रुप भनेको निर्वाचन हो । यसलाई मूर्तरुप दिन सरकारले मतदाता नामावलीसँगै निर्वाचन प्रणाली नै सुधार्न पनि आवश्यक छ । देशको विकास गर्ने व्यक्ति जनताको सेवक भएर काम गर्ने किसिमको छान्नुपर्छ । त्यो व्यक्ति जनताले रोजेको र जनताको लागि काम गर्ने किसिमको हुनुपर्छ । त्यो व्यक्ति छान्ने मूख्य आधार भनेको निर्वाचन हो । त्यसैले पनि निर्वाचन प्रणालीलाई सरकारले सुधार्न जरुरी छ । त्यस्तै निर्वाचनको नाममा  खबौं रकम खर्च गर्ने प्रवृतिको पनि अन्त्य हुनु निकै नै जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 17 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 22 hours ago