भर्खरै

दैनिक १२ करोड बराबरको बिजुली भारत निर्यात

  • प्रकाशित मिति : सोम, असार १३, २०७९
  • - विद्युत संसार साप्ताहिक
title
काठमाण्डौं, असार । सरकारले अहिले दैनिक रुपमा करिव रु १२ करोड रुपैँया बराबरको बिजुली निर्यात भईरहेका ऊर्जा जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले बताएकी छन् । 
सोमबार राष्ट्रिय सभामा उठेका प्रश्नहरुको जवाफ दिदैं  मन्त्री भुसालले जवाफ दिँदै वर्षात लागेसँगै जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बढेकाले बढी भएको बिजुली दैनिक करिव रु १२ करोड रुपैँया बराबरको भारततर्फ निर्यात भएको बताएकी हुन् । 
पश्चिम नेपालमा विद्युत् आपूर्ति सुधार नगरी विदेश निर्यात गरेको आरोप लागेको विषयमा मन्त्री भुसालले हाल नेपालबाट बढी भएको बिजुली मात्र निर्यात गरेको स्पष्टिकरण दिएकी छिन् ।  मन्त्री भुसालका अनुसार आगामी वर्ष करिव १५ देखि २० अर्ब रुपैयाँको बिजुली निर्यात हुने जनाएकी छन् । नेपालले अहिले ३६४ मेगावाट विद्युत् इन्डियन इनर्जी एक्सचेञ्जमा निर्यात गरिरहेको छ । अहिले प्रतियुनिट औषत ११ रुपैयाँ ३८ पैसामा निर्यात भइरहेको छ ।
 
मन्त्री भुसालका अनुसार अबको पाँच वर्षमा हरेक वर्ष करिव ७० अर्ब रुपैयाँको निर्यात गर्ने योजना सरकारको रहेको बताइन् । मन्त्री भुसालका अनुसार अबको दुई वर्षमा नेपालको बिजुलीले १२ महिनै आन्तरिक माग धान्न पुग्ने अवस्था आउने र सुख्खा याममा समेत आयात गर्नुनपर्ने उनको भनाई छ । मन्त्रीका अनुसार वर्षा याममा भने उत्पादनको करिब ५० प्रतिशत विद्युत बढी हुने देखिन्छ, ‘बढी विद्युत भारत तथा बङ्गलादेशसम्मको विद्युत बजारमा बेच्न सकेनौं भने टेक अर पे आधारमा गरिएको विद्युत बिक्री सम्झौताबाट देशले ठूलो नोक्सानी ब्यहोर्नु पर्ने देखिएको बताइन् । 
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago