भर्खरै

आशा गरौं

  • प्रकाशित मिति : बुध, असार ८, २०७९
  • - विद्युत संसार
title

काठमाडौं उपत्यका सहित देशका सबैजसो शहरी क्षेत्रको समस्या बनेको अव्यवस्थित रुपमा रहेको विद्युतीय तार देखि विभिन्न इन्टरनेट केबलहरुका तार छन् । घना बस्ती भएकै कारण विशेषगरी काठमाडौं उपत्यका भित्र अन्य शहरी क्षेत्रको तुलनामा अझै बढी अव्यवस्थित रहेको छ । शहरमा दृश्य प्रदूषण गराइरहेका तार, अनि त्यसमाथि निरन्तर भइरहने अप्रिय घटना बढिरहेको छ । यसको समाधान गर्नुपर्ने दवाब विद्युत् प्राधिकरणलाई पर्दछ । त्यसैले तार जलेर आगलागीका घटना न्यूनीकरण गर्न नेपाल विद्युत् प्राधिकरणले तार ‘अन्डरग्राउन्ड’ गर्ने निर्णय केही वर्षअघि नै गरेको थियो । तर, त्यसको काम चुस्त रूपमा अघि बढेको देखिएन ।
 
 समस्या समाधान गर्न तारलाई अन्डरग्राउड गर्ने देखि विभिन्न पहलहरु हुँदै आएको छ । तर यस्ता कामले दु्रत गति लिन सकिरहेको अवस्था छैन् ।
हालै स्थानीय तहको निर्वाचनबाट काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले जित हासिल गरेसँगै काठमाडौं उपत्यकाको विकासले गति लिनेमा आम जनता आशावादी छन् । महानगर कार्यपालिकाको दोस्रो बैठकमा प्रमुख बालेन्द्र शाहले अबको डेढ वर्षभित्र काठमाडौँ महानगर क्षेत्रमा विद्युतका तार ‘अन्डरग्राउन्ड’ हुने बताएका छन् । मेयर शाहले सडक, विद्युत् र खानेपानीका प्रमुखलाई राखेर आयोजना गरेको बैठकमा उनले यस्तो बताएका छन् । 
 
विद्युत् प्राधिकरणले योजना बनाएको करिब लामो समयपछि काठमाडौं महानगरका नवनिर्वाचित मेयर बालेन शाहले तार भूमिगत कार्यक्रमलाई अगाडि सारे । कार्यपालिकाको दोस्रो बैठकमा मेयर शाहले नेपाल विद्युत् प्राधिकरणसँग महानगरका सबै तारहरू भूमिगत गर्न सहकार्य गर्ने प्रतिबद्धता नै जनाए । महानगर भित्र अव्यवस्थित तार जलेर आगलागी भएर भौतिकसँगै मानवीय क्षतिपनि भइरहेको परिपेक्ष्यमा महानगरका प्रमुखले यस्ता निर्णय गर्दा सर्वसाधरणमा उत्साह जाग्नु स्वाभाविक नै हो । 
 
तार जडान गर्ने योजना मुख्यत्ः विद्युत् प्राधिकरणकै भए पनि धेरैवटा निकाय र विभागमा यसको समन्वय आवश्यक छ । पर्याप्त समन्वय र सहकार्य नभएकाले विभिन्न ठाउँमा काम रोकिएको प्राधिकरणले बताउँदै आएको छ । सहमति भएको ठाउँमा काम पनि पूरा भएको छ । तर, सहमति नभएको ठाउँमा भूमिगत गर्ने कार्य विभिन्न स्थानमा रोकिएको छ ।
 
डिजाइन पूरा भएर पर्याप्त सामान पनि छ तर काम भने चाहेअनुसारको नभएको प्राधिकरण स्वयम् बताउँदै आउँदा नव निर्वाचित मेयर शाहले महानगरको पूर्णसहकार्य प्राधिकरणलाई हुने बताउँदा अब भने महानगरका अव्यवस्थित तार अन्डरग्राउण्डको कामले गति पाउनेमा आशावादी हुन सकिन्छ । यस्ता कार्यमा अन्य सम्बन्धित विभागले पनि समन्वय गर्न आवश्यक छ, जसका कारण मेयर शाहको घोषणा पुरा हुन सघाउ पुग्ने थियो ।

प्रतिक्रिया