माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

  • प्रकाशित मिति : बुध, असार १, २०७९
  • - रासस
title

बागलुङ, १ असार । माछा मार्ने क्रममा करेन्ट लागेर बडिगाड गाउँपालिका–२ का छबिलाल बलामीको मृत्यु भएको छ । स्थानीय बडिगाड खोलामा गए राति करेन्ट लगाएर माछा मार्न खोज्दा ३२ वर्षीय बलामीको मृत्यु भएको बडिगाड–२ का वडाध्यक्ष ढालप्रसाद शेरचनले जानकारी दिए । 
 
बलामीको शवलाई अहिले परीक्षणका लागि बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याइएको वडाध्यक्ष शेरचनले बताए । विद्युतीय शक्ति (करेन्ट) लगाएर माछा मार्न नपाइने भए पनि बेलाबेलामा यस्ता गतिविधि हुने गरेका छन् । यसरी माछा मार्ने क्रममा करेन्ट लागेर धेरैले ज्यान गुमाएका छन् । 

प्रतिक्रिया