संघले प्राविधिक एंव कर सम्बन्धि तालिम आयोजना गर्दै

  • प्रकाशित मिति : शुक्र, जेठ २७, २०७९
  • - विद्युत संसार संवाददाता
title

काठमडौं २६ जेठ । काठमाडौं विद्युतीय व्यवसायी संघले आधारभूत प्राविधिक एंव कर सम्बन्धि तालिम आयोजना गरेको छ । संघले आउँदो असार ४ गते शनिबार विद्युतीय व्यवसायमा आवद्ध व्यवसायीहरुलाई लक्षित गरि सो कार्यक्रम आयोजना गरेको हो । 
 
संघले आज एक सूचना जारी गर्दै उद्यमी एवम् व्यावसायीहरुलाई आवश्यक पर्ने आधारभूत प्राविधिक तालिम लिन सूचना मार्फत आग्रह समेत गरेको छ । 
 
तालिम तथा गोष्ठी आयोजक समितिका संयोजक रेवती रमण पौडेल (आत्माराम) द्धारा निकालिएको सुचनामा भनिएको छ ‘काठमाडौं विद्युतीय व्यवसायी संघमा आबद्ध उद्यमी एवम् व्यावसायीहरुलाई आफ्नो व्यवसाय सञ्चालनको लागि आवश्यक पर्ने आधारभूत प्राविधिक जानकारी प्रदान गर्दै आर्थिक बर्ष २०७९÷०८० को बजेटले व्यवसाय सञ्चालनमा गरेको व्यवस्था सम्बन्धि अन्तक्र्रियात्मक आधारभूत प्राविधिक एंव कर सम्बन्धि तालिम कार्यक्रमको आयोजना गर्न लागेको जानकारी गराउर्दै उक्त कार्यक्रममा यहाँको उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ ।’
 
कार्यक्रम असार ४ गते शनिवार सूर्य क्याटरिङ्ग, धुम्बाराही काठमाडौंमा विहान ११ बजे देखि दिउँसो ३ बजेसम्म सञ्चानल हुने संघले जनाएको छ ।  अन्तक्र्रियात्मक आधारभूत प्राविधिक एंव कर सम्बन्धि तालिम कार्यक्रममा सहभागी हुन नाम रजिष्ट्रेशन अन्तिम मिति असार १ गते बुधबार कार्यलय समय भित्र सम्ममा गर्न सकिने संघद्धारा प्रकाशित सूचनामा उल्लेख छ ।
 
हेर्नुहोस् संघले प्रकाशित गरेको सूचना
 

प्रतिक्रिया