भर्खरै

उत्पादनमा वृद्धि भएसँगै नेपालको विजुली भारत निर्यात

  • प्रकाशित मिति : आइत, जेठ २२, २०७९
  • - विद्युत संसार
title

काठमाडौं २२ जेठ । कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत शनिबारदेखि भारत निर्यात सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ’ए’ विद्युत् गृहबाट उत्पादित बिजुली शनिवार राति १२ बजेदेखि भारत निर्यात सुरु भएको हो । 
 
वर्षायामसँगै नदीनालामा पानीको बहाव बढेर विद्युत् गृहहरू पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिक रूपमा खपत गरी बाँकी भएको ऊर्जालाई प्राधिकरणले भारत निर्यात गरेको हो ।
प्राधिकरणका अनुसार शनिबार रातिदेखि निर्यात भएको विजुलीको औसत बिक्री मूल्य प्रतियुनिट ११.२ रुपैयाँ (७ भारु) रहेको बताए । ‘अधिकतम दर प्रतियुनिट १९ रुपैयाँ (१२ भारु), न्यूनतम २.३८ रुपैयाँ (१.४९ भारु) र औसत दर ११.२ रुपैयाँ (७ भारु) छ’ ।
 
आइएक्समा २४ घण्टालाई १५÷१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्लकको मूल्य फरक फरक हुने गरेको छ । प्राधिकरणका अनुसार बिहीबार निर्यात गरिएको विजुलीको अधिकतम मूल्य भारु १२ (१९.२ नेरु) र न्युनतम २.४९ (३.९८ नेरु) छ । त्यस दिनको औसत मूल्य प्रतियुनिट भारु ६.७२ (१०. ७६ नेरु) थियो । यसैगरी, शनिबार प्रधिकरणले अधिकतकम प्रतियुनिट मूल्य १९.२ रुपैयाँ (१२ भारु) र न्यूनतम ४.०८ रुपैयाँ (२.५५ भारु) मा विजुली बिक्री गरेको छ ।
 
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङकाअनुसार भारतीय ऊर्जा एक्सचेन्ज (आईईएक्स) मा बुधवार मध्यरातदेखि नुवाकोटमा आयोजनास्थल रहेका त्रिशूली र देवीघाट गरि दुई जलविद्युत् आयोजनाको ३९ मेगावाट बिजुली भारत निर्यात भइरहेको थियो । कालीगण्डकीको पनि सुरु भएसँगै प्राधिकरणले १७७ दशमलव ७ मेगावाट बिजुली भारत निर्यात गरेको छ । कालीगण्डकी ’ए’ को १४० मेगावाट, त्रिशूलीको २३ दशमलव २ मेगावाट र देवीघाटको १४ दशमलव ५ मेगावाट बिजुली भारत निर्यात भएको छ ।
 
नेपालले भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा प्रतिस्पर्धी दरमा ३ सय ६४ मेगावाटसम्म विद्युत् बिक्री गर्न अनुमति पाएको छ । केही समयअघि भारतबाट बिजुली नपाएर औद्योगिक ग्राहकको लाइन काटेको प्राधिकरणले अहिले फेरि भारतलाई बिजुली बेच्न थालेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 5 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 10 hours ago