संघद्धारा विद्यालयलाई विद्युतीय सामग्री वितरण

  • प्रकाशित मिति : बुध, जेठ १८, २०७९
  • - विद्युत संसार संवाददाता
title

चितवन १८ जेठ । विद्युत व्यवसायी संघ–चितवनले सामाजिक कार्य अन्र्तगत विद्यालयलाई  विद्युतीय सामग्री हस्तान्तरण  गरेको छ ।
 
१६ गते सोमबार आफ्नो १३ ओै स्थापना दिवसको अवसर पारेर संघले भरतपुर महानगरपालिका, १३ उज्ज्वलनगरको श्री रास्ट्रिय आधारभूत विद्यालयलाई सात थान पंखा वितरण गरिएको हो ।
 
संघले विद्यालयका व्यवस्थापन समिति, विद्यालयका प्रधानध्यापकका साथै विद्यार्थीका विच सो सामग्री हस्तान्तरण गरिएको संघका अध्यक्ष डोलराम न्यौपानेले बताए ।
 
उक्त कार्यक्रमको सभापतित्व संघका अध्यक्ष डोलराम न्यौपाने गरेका थिए भने कार्यक्रममा संघका स्थापक अध्यक्ष वासुदेव शर्मा, नेपाल विद्युतीय व्यवसायी महासंघका कार्यकारी सदस्य लेखनाथ सापकोटाका साथै संघ कार्यसमितिका सदस्यहरुको सहभागीता रहेको थियो ।
 
कार्ययक्रम संघका प्रथम उपाध्यक्ष नवराज सुवेदीले संचालन गरेका थिए । 

प्रतिक्रिया