भर्खरै

गोरखाको दुर्गम चुम्चेतको २७० घरमा बिजुली बत्ती

  • प्रकाशित मिति : आइत, जेठ १५, २०७९
  • - विद्युत संसार साप्ताहिक
title

गोरखा, जेठ । उत्तरी गोरखाको दुर्गम क्षेत्रमा पर्ने चुम्चेतका २७० घरघुरीमा बिजुली बत्ती बलेको छ । 
दुर्गम क्षेत्रमा उज्यालो अभियान सञ्चालन गरिरहेको कादुरी एग्रीकल्चरल एन्ड एसोसिएशन ब्रिटिस गोर्खाज नेपालको सहयोगमा निर्माण भएको चुम्लिङ, चुम्चेत लघु जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन भएपछि बिजुली बत्ती पुगेको हो । 
 
चुमनुब्री गाउँपालिका–६ चुम्चेत गाउँपालिकाका अध्यक्ष निमा लामाले आयोजनाबाट ७० किलोबाट क्षमताको विद्युत् उत्पादन भएसँगै स्थानीयवासीले बिजुली बत्ती सुविधा पाएको बताए् । उनका अनुसार चुम्चेतको  खोलामा निर्माण गरिएको उक्त आयोजनाबाट स्थानीय चुम्लिङ, चुम्चेत, थार, सिप्चेत, डुम्जो, रेन्ञम, यार्चोलगायतका क्षेत्रमा बिजुली बत्ती पुगेको उनको भनाई छ ।
 
गाउँमै बिजुली बत्ती बाल्न पाएपछि स्थानीय बासिन्दामा खुसीयाली छाएको छ । अब बिजुली बत्ती नहुँदा धेरै समस्या भोग्दै आएको थियो अब ती समस्याहरुबाट मुक्त हुने र दैनिकी सहज हुने स्थानीयहरुको भनाई छ । गत मङ्सिरबाट निर्माण सुरु भएको आयोजना झन्डै सात महिनामा निर्माण सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 4 hours ago

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ, १५ चैत । प्रतिकूल मौसमका का 4 hours ago