भर्खरै

इन्धन बोकेका दुई ट्यांकरमा आगलागी

  • प्रकाशित मिति : शुक्र, जेठ १३, २०७९
  • - विद्युत संसार
title

रुपन्देही १३ जेठ । रूपन्देहीको तिलोत्तमा भलवारीस्थित नेपाल आयल निगमको क्षेत्रीय डिपोमा इन्धनले भरिएका दुईवटा टयांकरमा आगलागी भएको छ ।
 
रुपन्देहीको भलवारी स्थित नेपाल आयल निगमको प्रादेशिक डिपोमा तेल खनाउने तयारी गर्ने क्रममा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
 
प्रहरीका अनुसार लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्यांकरबाट तेल खनाउने क्रममा आगलगी भएको हो । सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलवारी आयाल निगमको दमकलले आगलागी नियन्त्रणमा लिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया