भर्खरै

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री देउवाद्धारा औपचारिक उद्घाटन

  • प्रकाशित मिति : सोम, जेठ २, २०७९
  • - विद्युत संसार
title

काठमाडौँ, २ जेठ । सोमबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले रुपन्देहीको भैरहवास्थित विमानस्थलको औपचारिक उद्घाटन गरेका छन्।  यससँगै नेपालमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान प्रारम्भ भएको छ ।
 
आज बिहानै नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज र कुबेतबाट आएको जजिरा एयरबेजको जहाज विमानस्थलमा अवतरण गरेका थिए । 
 
नेपाल वायु सेवा निगमको पहिलो जहाज आज बिहान ६ बजेर ५५ मिनेटमा र जजिराको जहाज ७ बजेर ८ मिनेटमा अवतरण गरेका हुन् ।
 
नेपालको हवाइ इतिहासमा ७४ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएको हो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 21 hours ago