भर्खरै

बुटवल पावर कम्पनीको नाफा ४८.२० प्रतिशतले घट्यो

  • प्रकाशित मिति : मंगल, बैशाख २७, २०७९
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, बैशाख । बुटवल पावर कम्पनीको नाफा ४८.२० प्रतिशतले घटेको छ । कम्पनीको चालु आर्थिक वर्ष २०७८÷७९ को सार्वजनिक भएको तेस्रो त्रैमासिकको वित्तीय विवरण अन्ुसार कम्पनीको नाफा ४८.२० प्रतिशतले घटेकोे हो । 
 
तेस्रो त्रैमासिकको अवधिमा कम्पनीले २३ करोड ७५ लाख ८२ हजार रुपैयाँ नाफा गरेको छ । जुन गत वर्षको तेस्रो त्रैमासको तुलनमा ४८.२० प्रतिशतले कमी रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४५ करोड ८५ लाख ५३ हजार रुपैयाँ नाफा गरेको थियो ।
 
चालु आवको नौ महिनाको अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी भने १६.३७ प्रतिशतले वृद्धि भई ५९ करोड ४८ लाख ३१ हजार रुपैयाा पुगेको छ । गत वर्षको तेस्रो त्रैमासमा कम्पनीको यो आम्दानी ३९ करोड ९९ लाख ८१ हजार रुपैयाँ रहेको थियो । 
 
उक्त अवधिमा कम्पनीको सञ्चालन मुनाफा पनि ४९.०६ प्रतिशतले घटेर २४ करोड ६२ लाख ४० हजार रुपैयाँ कायम भएको छ । गत वर्षको तेस्रो त्रैमासमा कम्पनीको यो मुनाफा ४८ करोड ३४ लाख ४ हजार रुपैयाँ रहेको थियो ।
 
कम्पनीको चुक्ता पुँजी ३ अर्ब २४ करोड ६३ लाख २७ हजार रुपैयाँ रहेको छ । कम्पनीको इक्विटी ७.३४ प्रतिशतले घटेर ३ अर्ब ७० करोड ५८ लाख २८ हजार रुपैयाँ कायम भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी पनि १० रुपैयाँ ९६ पैसाले घटेर ९ रुपैयाँ ७६ पैसा कायम भएको छ भने प्रतिसेयर नेवटर्थ २१४ रुपैयाँ १५ पैसा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago