भर्खरै

ङादी ग्रुप पावर र बरुण हाइड्रोपावरलाई हकप्रद शेयर निष्कासन गर्ने स्वीकृति

  • प्रकाशित मिति : मंगल, बैशाख २७, २०७९
  • - विद्युत संसार संवाददाता
title

काठमाण्डौ, बैशाख । ङादी ग्रुप पावर र बरुण हाइड्रोपावरलाई हकप्रद शेयर निष्कासन गर्ने स्वीकृति दिएको छ । विद्युत नियमन आयोगले सोमबार पत्र पठाउँदै हकप्रद निष्कासनका स्वीकृति प्रदान गरेको हो । 
 
आयोगले ङादी ग्रुप पावरलाई चुक्तापुँजी ७० करोड ६९ लाख ३२ हजार ४०० रुपैयाँको १ः१.५ अनुपातमा अर्थात १५० प्रतिशत हकप्रद निष्कासनका लागि स्वीकृति प्रदान गरेको छ । यद्यपि ङादी ग्रुप पावरले आयोगसँग चुक्तापुँजीको १ः२ अनुपातमा अर्थात २०० प्रतिशत हकप्रद निष्कासनको अनुमति मागेको थियो । 
 
यसैगरी आयोगले बरुण हाइड्रोपारलाई चुक्तापुँजी २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद निष्कासनका लागि स्वीकृति प्रदान गरेको छ ।

प्रतिक्रिया