भर्खरै

अबको एकसाताभित्र बुढीगण्डकीको पहिलो चरणको मुआब्जा वितरण गर्ने तयारी

  • प्रकाशित मिति : बुध, बैशाख २१, २०७९
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, बैशाख । आगामी एकसाताभित्र बुढीगण्डकी जलविद्युत आयोजनाको वातावरण, मुआव्जा वितरण, पुनर्वास तथा पुनस्र्थापना इकाई कार्यालयले प्रभावित बासिन्दालाई पहिलो चरणको मुआब्जा वितरण गर्ने तयारी गरेको छ । बुढीगण्डकी प्रभावित बासिन्दाको लागि वितरण गर्ने भनिएको घरगोठ, बोटबिरुवा तथा फलफुलको पहिलो चरणको मुआब्जा स्थानीय चुनाव अगावै वितरण गर्ने तयारी गरेको हो । 
वातावरण, मुआव्जा वितरण, पुनर्बास तथा पुनस्र्थापना इकाई कार्यालयका अनुसार अबको एकसाताभित्र पहिलो चरणको मुआब्जा विस्थापितको खातामा पठाइने गरी तयारी गरिरहेका जनाएको छ । 
आयोजना इकाइ प्रमुख जगतकुमार श्रेष्ठका अनुसार तथ्याङ्क प्रमाणिकरणको कामले समय लागेको बताउँदै ‘फिल्डबाट ल्याएको विवरण रुजु गर्ने काम भइरहेको बताए । एकै व्यक्तिको घर, गोठ, अन्य संरचना, फलफुल, बोटबिरुवा धेरै भएकाले फिल्डबाट आएको विवरण अनुसार मुआब्जा रकम निकाल्ने काम भईरहेको उनको भनाई छ । 
चुनावअघि पहिलो चरणको रकम निकासा गरी बाँकी हरेक हप्तादिनको बीचमा मुआव्जा वितरण गर्ने योजना रहेको श्रेष्ठले बताए । ‘यो वर्ष मुआब्जा वितरण गर्न इकाईसँग छ अर्व भन्दाबढि रुपैयाँ छ बाँकी अपुग रकम माग गरेर पनि मुआब्जा ततकालै मुआब्जा वितरण गरिने छ ।
 
कम्प्युटर प्रणालीबाटै अहिले रुजु गर्न मिल्ने गरी सफ्ट्वेयरमा अपलोड गरिएको छ । गोरखा र धादिङतर्फ गरी करिब ६ हजार वटा निवेदन संकलन भएको आयोजना कार्यालयले जनाएको छ । मुआब्जा निर्धारण भएसँगै कार्यालयले मुआब्जा पाउन योग्य व्यक्तिहरुलाई तत्काल निवेदन पेश गर्न भनेको थियो । ‘अझै केहीले पेश गर्न बाँकी छ’ इकाई प्रमुख श्रेष्ठले भने । अहिले भाडामा लिएका जग्गाको संरचना, सरकारी जग्गा भएका, नखुलेका जग्गाका संरचनाको मुआब्जा कसरी दिने भन्ने समस्या आयोजना कार्यालयलाई परेको छ ।
 
जग्गाको मुआब्जा लिएको खातामा रकम जम्मा गर्ने वा नयाँ खाता खोल्न लगाए मुआब्जा दिने निर्णय भने जिल्ला मुआब्जा निधारण समितिले गरिसकेको छैन । सर्वसाधारणले यस अघि जग्गाको मुआब्जा प्रयोजनका लागि खोलिएको खातामा मुआब्जा रकम दिनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया